सानिमा बैंकले लियो २ करोड अमेरीकी डलर ऋण



हाम्रो इकोनोमि

 

 

सानिमा बैंकले अन्र्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग २ करोड अमेरीकी डलर ऋण लिएको छ ।लगानी योग्य रकमको अभाव भएपछि गत वर्ष नै बैंकले आइएफसीसँग ऋण ल्याउन पहल गरिरहको थियो ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एसफइले यो ऋणले नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने बताए । बुधबार एक कार्यक्रमका बीच सानिमा र आइर्एफसीबीच ऋण लिने तथा दिनेसम्बन्धी सहमति भएको छ ।

सानिमा बैंकका सिइओ निश्चलराज पाण्डेले आइएफसीबाट लिएको ऋण लघु साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण लगानी गर्न सहज हुने बताए । बैंकको हाल १२७ वटा शाखा कार्यालय र १२० वटा एटिएम सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...