बालेन्द्रलाई एमालेमा आउन योगेशको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी गरे । आज संसद बैठकमा बोल्दै भट्टराईले यसअघि १४ दिनसम्म फोहोर नउठेको इतिहास रहेकोमा अहिले ७१ दिन पुगेको बताए । यस विषयमा प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरू बेखबर रहेको उनको गुनासो छ ।

भट्टराईले भने, ‘काठमाडौं फोहोरले डुङडुङ गन्हाउन भइसक्दा पनि सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहन्नँ ।’

त्यसपछि उनले मेयर साहलाई आग्रह गरे, ‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्णक्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । सांस्कृतिक सहर काठमाडौंको रक्षा गरौं ।’

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...