महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्नुपर्छ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले महान्यायाधिवक्ता खातीमाथि आरोपै–आरोप लगाउँदै निलम्बनको माग गरेका हुन ।

सांसद बस्नेतले महान्यायाधिवक्ता खातीमाथि ललितपुरको इमाडोलमा १३ वर्षिया बालिकामाथि भएको बलात्कारको मुद्दा दबाउने भूमिका खेलेको, बुढिगंगा नगरपालिकामा आफ्नो दाजुलाई जिताउन बुथ कब्जादेखि अनेक हर्कत गरेको, बालुवाटार प्रकरणमा सिआइबीले २०७८ पौषमा पेस गरेको फाइल पुरा नभएको भनेर फिर्ता गराउने र त्यसको हदम्याद गुजार्ने काममा लागेको, बलात्कारका आरोपी सिद्धबाबालाई जोगाउन लागेको, ज्यान मार्ने उद्योगमा कांग्रेसका कार्यकर्ता जसले आफ्नो नेतालाई आक्रमण गरेका छ, उसका मुद्दा फिर्ता लिने काममा लागेको, पप गायक योगेश अमात्यको बारामा रहेको १२ बिगाहा जग्गा नक्कली पुर्जा बनाएर सघाएको र कुमारी बैंकमा कर्मचारी मिलेर संगठित ठगी प्रकरणमा लागेको आरोप लगाए ।

‘त्यसो भएको हुनाले उहाँले नेपाल सरकारको महान्यायाधिवक्ता पदमा बसिरहेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्नेमा यस्ता विवादित, यस्ता ठग र अपराधिक व्यक्तिलाई कुनैपनि हालतमा राख्नुहुँदैन,’ उनले भने, ‘तत्काल प्रधानमन्त्रीले निलम्बन गर्नुहुन माग गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...