एमालेले दुईतिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिनेछु : खगराज अधिकारी



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरुएक्लै लडदा आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ ।

रिपोर्टर्स क्लबनेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अधिकारीले यस्तो घोषणा गर्नुभएको हो  ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनिजित्दैन्  अब कांग्रेस एक्लै लड्न नसक्ने भयो  कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं । यदि हामीलेदुई तिहाई भन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु,’ अधिकारीले भन्नुभयो ।

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘माक्र्सवाद–लेनिनवादमाविश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको रअहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...