चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खुल्ला राखेको छ । एक्लै लड्ने तयारी गरेको भनेपनि सरकारमा भएका कांग्रेस -एमालेबाहेक विपक्षी दलहरुसँग सहकार्यको विकल्प खुला राखेको हो । मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ । पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको उपमहासचिव रामकुमार भट्टराईले बताए । उनले भने, ‘हामी अहिले उम्मेदवार चयनको प्रक्रियामा छौं, २५ गतेभित्र भइसक्छ । उनले सम्भव भएसम्म धेरै ठाउँमा एक्लै चुनाव लड्ने तयारी गरेपनि आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए ।  उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअघिसम्म माओवादीसहित अन्य विपक्षी दलसँग चुनावी गठबन्धन हुनसक्ने बताइन्छ । माओवादीले पनि एक्लै लड्ने तयारी गरेपनि स्थानीय तहमा परिस्थिति हेरे सहकार्य गर्ने नीति बनाएको छ । त्यसबारेमा थप निर्णय लिनको लागि भोलि पदाधिकारी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...