चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खुल्ला राखेको छ । एक्लै लड्ने तयारी गरेको भनेपनि सरकारमा भएका कांग्रेस -एमालेबाहेक विपक्षी दलहरुसँग सहकार्यको विकल्प खुला राखेको हो । मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ । पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको उपमहासचिव रामकुमार भट्टराईले बताए । उनले भने, ‘हामी अहिले उम्मेदवार चयनको प्रक्रियामा छौं, २५ गतेभित्र भइसक्छ । उनले सम्भव भएसम्म धेरै ठाउँमा एक्लै चुनाव लड्ने तयारी गरेपनि आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए ।  उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअघिसम्म माओवादीसहित अन्य विपक्षी दलसँग चुनावी गठबन्धन हुनसक्ने बताइन्छ । माओवादीले पनि एक्लै लड्ने तयारी गरेपनि स्थानीय तहमा परिस्थिति हेरे सहकार्य गर्ने नीति बनाएको छ । त्यसबारेमा थप निर्णय लिनको लागि भोलि पदाधिकारी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...