गठबन्धनमा कसको दावी कति ? माधव नेपाल रित्तै



हाम्रो इकोनोमि

 

 

सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई आगामी निर्वाचनको सिट बाँडफाँडमा निकै सकस हुने देखिएको छ । सिट बाँडफाँडमा अरु माग्ने काँग्रेस दिनेमा परेको छ । सभापति देउवालाई प्रधानमन्त्री प्रधानमन्त्री बनाइदिएवापत स्वयं काँग्रेसले के पायो भन्ने उनकै कार्यकर्तालाई थाहा होला तर, त्यसवापतको अन्य दलको हैसियतभन्दा माथिको वार्गेनिङ सुनेरै दिक्क लाग्न थालेको एक नेताले बताए ।

आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनिदिन विन्ती गर्ने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २० प्रतिशत सिट बटमलाइन भएको बताएको छ । नेकपा (माओवादी केन्द्र) ले निकै पहिले देखि आफूलाई दाश्रो दल बन्ने गरी भाग नलगाए ‘देखाइदिने’ धम्की दिदैं आएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि स्थानीय निर्वाचनमा धोका भएकाले त्यसकोसमेत सुद्भर्ना हुने गरी भाग पाउनु पर्ने दावी गरेको छ । समाजवादीले २५ देखि २५ प्रतिशतसम्मको दावी गर्नस स्वभाविक भएको त्यसका नेताहरूले सार्वजनिकरूपमै भनिरहेका छन् ।

यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी, बाबुराम नेतृत्वको पार्टी पनि काँग्रेससँगै तालमेल गर्न वा गठबन्धनमा मिसिन चाहेकाले उनीहरूलाई पनि गच्छेअनुसारको भाग लगाउनै पर्यो । यसरी हेर्दा प्रचण्ड ४०, माधव नेपाल २०, उपेन्द्र यादव २०, लोसपा १० र बाबुरामलाई ५ प्रतिशत भाग लगाउँदा ९५ प्रतिशत हुन्छ र काँग्रेसको भागमा ५ प्रतिशत मात्र हुन आउँछ । के काग्रेस आफू भान्से भएर ५ प्रतिशतमा चित्त बुझाउला ?

काँग्रेसका दुःख भने बेग्लै छन् । उसले आफ्नो भोटले अरुलाई जिताउनु पर्ने हुन्छ भने त्यही जिताई दिएवापत पाँच वर्षसम्म संयुक्त सरकार बनाएर उनीहरूकै घुर्कीमा थरथरी भइरहनु पर्नेछ । त्यस्ैले काँग्रेसको शिर्ष नेताहरूको बैठकमा मानामाथि पाथी घोप्ट्याउन नसकिने निर्णय नै गरेको छ । दावी गरेअनुसारको भाग लगाउँदा आफू रित्तै होइने र नलगाउँदा पाँच वर्ष सत्ताबाहिर रहनु पर्ने त्रास छ । माधव नेपालको दावी उसको पार्टीको आकार, हैसियतभन्दा धेरै भएकोमा प्रचण्ड र देउवा एकमत देखिन्छन् । तर पनि उनीहरू आफैले जन्माइदिएको पार्टीलाई सडकमा छाड्दा पाप लाग्छ भनेर पनि नेकपा (एस) लाई साथै लिएर हिड्न वाध्य छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...