मुख्य खबर

विपिन जोशीको शव काठमाडौं ल्याइँदै

     इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।