नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री भवानी खापुङको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सिंगो टिमसहित नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ, जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौला नेतृत्वको टिमसहित निर्वाचनको मुखमा मूलघर एमालेमा फर्किएका हुन् । तेह्रथुममा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा एमालेमा स्वागत गरिएको थियो ।

एकीकृत समाजवादी तेह्रथुमले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरेको छ । यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित र बलियो हुनुपर्ने आवश्यकता महसुस गर्दै एमालेमा समाहित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संविधान २०७२ मार्फत संस्थागत गर्दै देश अघि बढिरहेको अवस्थामा लोकतान्त्रिक शासन व्यवस्थालाई नै कमजोर बनाउने प्रयास भइरहेका छन्, यसले देशलाई अस्थिरतातर्फ धकेल्दै शान्ति, स्थिरता, विकास र समृद्धिमा अवरोध पुर्‍याइरहेको छ ।

देशको वामपन्थी आन्दोलनमा देखिएको विग्रह र विभाजनले मुलुकलाई अझ कमजोर बनाइरहेको निष्कर्षसहित पटकपटकको छलफल र विचार–विमर्शपछि नेकपा (एमाले)को नेतृत्वबाट मात्र संविधानको रक्षा, देशको विकास र समृद्धि सम्भव हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सोही निर्णयअनुसार संविधान सभा सदस्य, पूर्वमन्त्री तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य भवानी खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च र विभिन्न जनसंगठनमा आबद्ध सम्पूर्ण नेता–कार्यकर्तासहित एमालेमा समाहित भएको जानकारी दिइएको छ ।

विज्ञप्तिमार्फत आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तेह्रथुमका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन जिल्लाबासी सम्पूर्ण नागरिकमा अपील समेत गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...