करोडौँको गाडी लिएर बालेन प्रचारमा, ज्याकेटको मूल्य ३५ हजार



हाम्रो इकोनोमि

 

 

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बालेन्द्र साह अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन् । उनी झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका छन् ।

अहिले चुनाव प्रचारमा उनले प्रयोग गरेको गाडी र पहिरनको चर्चा भइरहेको छ । गरिबको चमेली बोलीदिने कोही छैन भन्दै गीत गाउने बालेन अहिले करोडौंको गाडीमा चढेर प्रचारमा छन् । त्यसमाथि उनले चढेको उक्त करोडौंँको गाडी उद्योगपतिको भएको बताइएको छ ।

उनले चढेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडी हो । जुन गाडी नेपालमा उच्च मूल्य पर्ने लक्जरी मोडेलमध्ये पर्छ। कम्तीमा २ करोडबाट शुरु हुने ल्याण्डरोभरका गाडीहरु पछिल्लो भेरियन्टको मूल्य आठ करोडसम्म पर्दछ । उक्त गाडी करेन्ट चाउचाउका मालिक कमल मालपानीका छोरा नितेशको नाममा रहेको बताइएको छ ।

यस्तै उनले लगाएको ज्याकेटको मूल्य पनि हजारौँ पर्ने देखिएको छ । उनले लगाएको एडिडास कम्पनीको टेरेक्स ज्याकेटको नेपाली मूल्य करिब ३५ हजार पर्दछ । करेन्ट चाउचाउ र करेन्ट गुट्खा उत्पादन गर्ने मालपानी राजस्व छली, सुपारी तस्करी, श्रम शोषण र नागरिकता विवादका कारण लामो समयदेखि विवादमा छन् ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...