मुख्य खबर

राष्ट्रियसभाका ५६ सिटमध्ये ४३ सिटमा मात्र वाम गठबन्धनले उम्मेदवारी दिने, एमालेलाई २९ र माओवादीलाई १४ सिट

एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो ।