नेप्से परिसुचक घटेपनि कारोवार रकम बढ्यो



हाम्रो इकोनोमि

बुधबार नेप्से परिसुचक ७.१९ अंकले घटेर १४०६.५२ मा आएर रोकिएको छ ।

नेप्से परिसुचक ओरालो लागेपनि करोबार भने ४० करोड ४८ लाख रुपैयाँको भएको छ। अघिल्लो दिन ३६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

आज १५८ कम्पनीहरुको सेयर कारोबार भयो। माइक्रोफाइनान्स बाहेकका सबै उपसूचक घटेका छन्। सो उपसूचक ४ अंकले बढ्यो। बैंकिङ ७, होटल ७, विकास बैंक ७, जलविद्युत १५, फाइनान्स २, उत्पादन २, बिमा ०.८ तथा अन्य उपसूचक १० अंकले घटे।

कारोबारका आधारमा सानिमा माइ हाइड्रो अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोडको कारोबार भयो। मूल्य प्रतिकित्ता ४१८ कायम भएको छ।

नविल बैंकको २ करोड १० लाखको कारोबार भयो। आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत कमाउँदा अपि पावरका लगानीकर्ताले सबैभन्दा धेरै साढे ३ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...