यी हुन् दीपक मनाङेले गरेका कर्तुत,मनाङेलाई पाँच वर्ष जेल पठाउने फैसला हुदै गर्दा किन पक्राउ परेनन् नवराज सिलवाल,यस्तो छ भित्री पाटो



मनाङ ‘ख’ प्रदेशसभाका स्वतन्त्र सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङेलाई सर्वोच्च अदालतले मंगलबार पाँच वर्ष जेल सजायको फैसला सुनाएको छ । ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चका न्यायाधीशहरू पुरूषोत्तम भण्डारी र दीपकराज जोशीको संयुक्त इजलासले सदर गर्दै जेल सजाय सुनाएको हो । सर्वोच्चको फैसलासँगै मनाङेको पद स्वतः निलम्बनमा पर्नेछ ।

पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा उनलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । मनाङे समूहले २०६१ सालमा गुण्डा नाइके मिलन गुरूङ ‘चक्रे’लाई खुकुरी हानेका थिए । सोही विषयमा मनाङेविरूद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई डेढ वर्ष जेल सजाय सुनाएको थियो । सोही घटनाका आरोपित अर्का गुण्डा नाइके गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।

कुटपिटभन्दा पनि ज्यान मार्ने नै उद्योग भन्दै सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटनमा पुनः मुद्दा दर्ता गरेको थियो । पाटन अदालतले २०६९ मा ज्यान मुद्दा ठहर गरेको थियो । अरूलाई भने सफाइ दिएको थियो । पुनः सरकारी वकिलको कार्यालयले मनाङेसहित अन्य आरोपितलाई पनि सजाय हुनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । पुनरावेदन अदालतको फैसला सर्वोच्चले सदर गरेको सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले जनता पोस्टलाई बताए ।

‘यदि मनाङेले पुनरावेदन दायर गर्न पाउने समय बाँकी रहेको भए कानूनी प्रक्रिया छँदै छ,’ उनले भने, ‘नत्र सर्वोच्चको निर्णय नै अन्तिम हुन्छ, मनाङेले अझै तीन वर्ष जेल सजाय भुक्तान गर्नुपर्ने हुन्छ ।’ पहिला डेढ वर्ष र पुनरावेदनमा मुद्दा चलेका बेला ६ महिना जेल बसेकाले अब मनाङे ३ वर्ष जेल बस्नुपर्ने उनको भनाइ छ ।

उनको मुद्दाका हकमा आदेश पाएको एक सय २० दिनभित्र पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था छ । तर आदेश नै २०६९ सालको भएका कारणले उनले अब पुनरावेदन दायर गर्न पाउने सम्भावना कम छ । निर्वाचन आयोगमा मनाङ्गेका विषयमा उजुरी नपरेको कारणले उनले चुनाव लड्न पाएको अवस्था हुन सक्ने रेग्मीको भनाइ छ ।

यस्तो छ मनाङेको विगत
एक वर्षअघि काठमाडौं प्रहरी प्रमुख भएर आएका तल्कालीन एसएसपी छविलाल जोशीले काठमाडौंमा भएका गुण्डाको सूची तयार पारेका थिए । प्रहरीले तयार पारेको गुण्डा लिस्टको ‘ए’ ग्रेडको पहिलो नम्बरमा थिए राजिव गुरूङ उर्फ दीपक मनाङे । मनाङे त्यसबेला प्रहरीको उच्च निगरानीमा थिए ।

स्थानीय चुनावसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आवद्ध मनाङेले आपराधिक क्रियाकलापमा लागेका युवालाई समेटेर चुनावमा आपराधिक घटना घटाउन सक्ने भन्दै प्रहरीले उनीमाथि निगरानी सुरू गरेको थियो ।

राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको राप्रपा जिल्ला अध्यक्षमा चुनिएका थिए । उनै मनाङेलाई स्थानीय चुनावमा सुरक्षा थ्रेट भन्दै काठमाडौं प्रहरी ५ दिन थुमानमा रााखेको थियो ।

तर मनाङेले प्रहरीलाई मात्रै हैन सबैलाई चकित पार्दै प्रदेशसभा चुनावमा उम्मेदवारी मात्रै दिएनन् जितेरै छाडे । मनाङबाट विजयी मनाङे चुनावमा उठ्दा आफूले गरेका वाचा पूरा गर्न नपाई जेल जानुपर्ने भएको छ, उनको विगतका कारण ।

प्रदेश सांसद हुनुपूर्व मनाङे गुण्डा नाइकेका रूपमा परिचित थिए । काठमाडौंको ठमेलबाट मनाङेको आपराधिक यात्रा सुरू भएको थियो । ठमेलमा मनाङका मानिसले होटल व्यावसाय सुरू गरेसँगै उनको आपराधिक यात्रा सुरू भएको थियो । २०५० सालदेखि नै मनाङले विभिन्न अपवाह फैलाउँदै हप्ता असुली गर्न थालेको जानकार प्रहरी अधिकारी बताउँछन् ।

ठमेलमा रवाफ देखाउँदै हप्ता असुली गर्ने मनाङेका दुश्मनीका रूपमा अर्का गुण्डा नाइके चक्रे मिलन देखा परे । व्यवसायीबाट हप्ता उठाउन थालेका मनाङे पटकपटक पक्राउ पर्न थाले । पक्राउ पर्नु र छुट्नु मनाङेका लागि सामान्य जस्तै भएको थियो । १५ करोड रूपैयाँ बराबरको अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरूद्ध विशेष अदालतमा मुद्दासमेत हालेको थियो । पछि उनले सफाइ पाएका थिए ।

धम्क्याउँदै पैसा असुल्दै आएका मनाङेको आपराधिक यात्राको बाधक बने केही समय अर्का गुण्डा नाइके चक्रे मिलन । गुण्डा नाइके चक्रे बाधक बनेपछि मनाङले चक्रेलाई खुकुरी प्रहार गरेर घाइते बनाए । सोही आरोपमा मनाङे २०६० साल पुस ११ गते पक्राउ परेका थिए । सोही आरोपमा जेल बसेर छुटेका मनाङे ०६५ साल फागुन र ०७० फागुनमा पुनः पक्राउ परेका थिए । २०७० मा नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङे १ वर्ष ६ महिना जेल बसेर छुटेका थिए ।

यसरी लामो समयको गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएपछि मनाङे आपैँले ठेक्कापट्टा गर्न थाले । उनले होटल, रेस्टुरेन्ट र डान्सबार खोलेर कालो धनलाई सेतो बनाउन लगानी गरेको प्रहरी अधिकारीले बताउँदै आएका थिए । पछि उनले बिस्तारै राजनीतिमा आफ्नो पहुँच बनाउन थाले । र अपराध लुकाउने माध्यम राजनीति देखेका मनाङे राजनीतिमा लागे । मनाङे २०७३ पुस २८ गते राप्रपामा प्रवेश गरे ।

राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण भएपछि मनाङे मनाङको जिल्ला अध्यक्ष भएका थिए । तर उनी २०७४ असोजमा एमालेमा प्रवेश गरेका थिए । सुरूमा एमालेबाट प्रदेश सांसदमा सिफारिसमा परेका मनाङले पछि टिक पाएनन् । उनी स्वतन्त्र उठे । मनाङको प्रदेश (ख) बाट १ हजार ४ सय १० मतका साथ उनी विजयी भएका थिए । उनका प्रतिस्पर्धी कर्म गुरूङले १ हजार २० मत ल्याएका थिए ।

पक्राउ परेनन् सिलवाल
कार्यसम्पादन मूल्याङ्कन फारम कीर्ते गरेको आरोपमा मुछिएका पूर्वडिआइजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाल अहिलेसम्म पक्राउ पर्न सेकेका छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई उपस्थित गराउनपसस १८ मा पत्र लेखको थियो । ललितपुर प्रहरीले फेला नपरेको भन्दै एक सातापछि जवाफ पठाएको थियो । ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले सिलवाललाई खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए । यद्यपि खोजी जारी रहेको उनको भनाइ छ । सिलवालले डिआईजीबाट बढुवा हुन आफ्नो कार्यसम्पादन कीर्ते गरेर अरूको भन्दा बढी पारी सर्वोच्चमा पेश गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका