भाबी प्रहरी प्रमुखका लागी यी चार भाईको लिगलिगे दौड शुरु,को बन्दैछ २६औं आइजीपी



हाम्रो इकोनोमि

नेपाल प्रहरीका आइजीपी प्रकाश अर्यालको कार्यकाल अन्तिम बन्दै छ । उनी अवकासको मुखमा पुगेका छन् । अर्यालको कार्यकाल सकिँदै गर्दा चार डिआइजीको रस्साकस्सी सुरु भएको छ ।

आन्तरिक रुपमा उनीहरु बिभिन्न शक्ती केन्द्र रिजाउन तल्लिन रहेको बुझिएको छ । एक नम्बरका डिआइजी सवेन्द्र खनाल,रमेश खरेल,पुस्कर कार्की र उत्तम कार्कीको दौडमा खनाल, खरेल र पुस्कर कार्की निकै कस्सिएको प्रहरी हेड क्वाटर स्रोतले जनाएको छ ।

३० वर्षे सेवाअवधि बढाएर ३२ गर्ने धुनमा लागेका १६ एआइजीहरुको सपना त्यतिबेला चकनाचूर बन्यो, जब अध्यादेश जारी गर्ने विषय तुहियो । प्रकाश अर्यालको कार्यकाल चैत २८ गतेसम्ममात्र हो । त्यसपछि को बेन्ला आइजीपी ?
सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ,या अर्का उत्तम कार्की : तीनमध्ये एकजना चैत २९ गतेदेखि २६औं आइजीपी बन्नेवाला छन् । यी तिनैजना उत्कृष्ठ छन्, सर्वोत्कृष्ठ बन्ने को होला रु यही जिज्ञासाले चर्चा बढाएको छ ।

पहिलो नम्बरका बरियताका सर्वेन्द्र खनाल स्मार्ट अफिसरमा गनिन्छन् । यिनै हुन् गुण्डाराज खत्तम पार्न कुमार घैंटेको इन्काउन्टर गर्ने अधिकृत । अनेक पेचिदा मुद्दाहरुलाई सफलतापूर्वक अनुसन्धान गर्ने अधिकारी पनि यिनै हुन् । अहिले यिनी ट्राफिक महाशाखा कमाण्ड गरिरहेका छन् ।

दोश्रोमा छन् रमेश खरेल । यी पनि नामुद प्रहरी मानिन्छन् । भ्रष्टाचार र अपराध भनेपछि यिनको रौं ठाडा हुन्छन् र जनस्तरबाटसमेत यिनको वाहवाही बेला बेलामा सुनिन्छ । यिनी जुन जुन क्षेत्रमा खटिए, त्यहाँ गुण्डागर्दीको दोहोलो काढे । हाल यिनी हेडक्वार्टरको सुरक्षा सेवाको कमाण्ड सम्हालिरहेका छन् ।

तेश्रो नम्बरका अधिकृत हुन् पुष्कर कार्की । यिनी महानगरीय अपराध महाशाखा हुँदै यतिबेला सिआइवीको जिम्मेवारुी सम्हालीरहेका छन् । दिनेश अधिकारी चरीजस्ता गुण्डाको इन्काउन्टरका योजनाकार कार्की निर्माण व्यवसायी शेरचनको हत्यारालाई पक्राउ गरेपछि बढी चर्चामा आएका हुन् ।

यी व्यवसायिक प्रहरी हुन् यद्यपि यिनी कांग्रेसी नेताहरुसँग बढी उठबस गर्ने अवगालमा परेका छन् । उता चौथो नम्बरमा रहेका उत्तम कार्की पनि प्रहरी संगठनमा कामका हिसावले इमान्दार क्षवी भएका प्रहरी अधिकारी हुन् । चार प्रतिस्पधी मध्ये खरेल बढि विवादीत मानिन्छन् ।

२०४५ फागुन १ का ब्याजे हुन् सर्वेन्द्र खनाल, रमेश खनाल र पुष्कर कार्की । उनीहरु होनहार प्रहरी हुन्, यिनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने हो भने संसारको प्रहरी सेवामध्ये उत्कृष्ठ र नेपाललाई अपराधमुक्त पार्न सक्षम छन् यिनीहरु ।

जब प्रश्न आउँछ, यी उत्कृष्ठबाट सर्वोत्कृष्ठको छनौटको । राजनीतिक, विश्लेषक, नागरिक समाज, प्रशासक सबैतिरबाट सर्वेन्द्र खनाल आइजीपी बन्न सक्छन् । २६औं आइजीपीका रुपमा सर्वेन्द्र खनाल आउने सम्भाबना यसकारण बढी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...