३३ किलो सुनकाण्डको थप अनुसन्धान प्रधानमन्त्रीको असन्तुष्टिपछि स्थगित
३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ। प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ