नेपालको पानीमा भारतले गर्दैछ रजाँई, रोपाई सकिएपछि बल्ल छोड्यो पानी



हाम्रो इकोनोमि

धान रोपाई सकिसकेपछि गण्डक नहरमा पानी आउँदा पर्सा र बाराका किसानलाई हर्ष न विस्मात भएको छ । चाँडै नै मनसुन शुरु भएका कारण यसवर्ष पर्सा र बारा दुवै जिल्लामा लगभग रोपाई सकिन लागेको छ ।

वर्षे धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी दिने गण्डक सम्झौतामा उल्लेख छ । त्यसअनुसार वैशाख २७ गते नै पानी आइसक्नुपर्ने भए पनि त्यसको झण्डै दुई महिनापछि असार ३१ गते भारतीय पक्षले गण्डक नहरमा पानी छोडेको छ ।

नहरमा ३ साउनमा जम्मा ३ सय ५८ क्युसेक पानी छोडिएको छ । पानी विस्तारै बारा जिल्लातर्फ गइरहेको छ । दक्षिणतर्फ बग्ने सहायक नहरमा अझै पानी छोडिएको छैन ।

अहिले नहरमा पानी आउनुको कुनै अर्थ नरहेको किसान बताउँछन् । पर्साको पोखरिया नगरपालिकाका १० शिवर्वाका किसान शिवकुमार साह गोढ खेत रोपिसकेपछि पानी आएको बताए । ‘पानी चाहिएको बेला आउँदैन, अब आएर के काम रु’ उनले हाँस्दै भने ‘अब धानमा पानी सुक्यो भने हाल्न मिल्छ । त्यही पनि अब आकाशे पानी परिरहन्छ ।’

१ विघा रोपाई गरिसकेका उनले ढिलो गरी आए पनि जेठ १५ भित्र पानी आइसकेको खण्डमा मात्रै किसानलाई फाइदा पुग्ने बताए ।

गण्डक नहरको पानीको भर परेर नहुने भएपछि किसानहरुले विभिन्न विकल्पको प्रयोग गरेर धान रोपाई गर्दै आएका छन् । आकाशे पानी नपरेको खण्डमा पनि गाउँमा रहेका पोखरी, तलाउ, नदीको पानी मोटरबाट तानेर खेतमा पटाउने, बोरिङमार्फत सिञ्चाई गर्ने गरिएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका पर्सा जिल्ला प्रमुख विरेन्द्र सिन्हा पर्सा जिल्लामा झण्डै ९५ प्रतिशत जमिनमा रोपाई सकिसकेको बताउँछन् । पर्सा जिल्लामा मात्रै ४५ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । गण्डक नहरदेखि उत्तरी क्षेत्र चुरेको फेदमा भएकोले अझैसम्म स्थानीय स्तरमा पानीका स्रोतहरु छन् ।

सम्झौताअनुसार गहुँ बालीका लागि डिसेम्बर २५ देखि मार्च २५ तारिखसम्म नहरमा ८ सय ५० क्युसेक पानी छोड्नुपर्ने हो । तर गत वर्ष साउन २७ र २८ गते आएको विनाशकारी बाढीले गण्डक नहरका विभिन्न स्थान भत्किएका कारण पानी आउन सकिरहेको थिएन ।

नहर मर्मतमा ढिलाइ गरेका कारण गण्डक नहरमा पानी आउन ढिलाइ भएको किसानहरु बताउँछन् । नेपाल र भारतबीच १९७३ जुन ३ मा गण्डक सम्झौता भएको थियो । बाँध बाँधिएको स्थल भैसालोटनबाट १ सय किलोमिटर डोन ब्रान्च केनल हुँदै नेपाली नहरसम्म पानी आउने गरेको छ । गण्डक नहरको पानीले नेपालको पर्सा, बारा, रौतहटको ३७ हजार हेक्टर जमिनमा सिञ्चाइ गर्ने लक्ष्य राखिएको छ ।

नहरमा समयमा पानी नआएको खण्डमा पर्सा, बाराको झण्डै ३० हजार हेक्टर जमिनमा सिञ्चाइको समस्या टर्छ । नहरले रौतहटसम्म सिञ्चाइ गर्ने लक्ष्य राखे पनि वि।स। २०४३ सालमा आएको बाढीले नहर बिगारिदिएको कारण पानी रौतहटसम्म भने पुग्न सकेको छैन । रौतहटका किसानका लागि जमुनी खोलामा बाँध बाँधेर सिञ्चाइको व्यवस्था मिलाउने काम भइरहेको छ ।

पानी आउनु सकारात्मक स् नेपाली अधिकारी

नारायणी सिञ्चाई व्यवस्थापन कार्यालय गण्डक बहुअरीका सूचना अधिकारी सुरेश साह भारतीय पक्षले नेपालमा पानी पठाउनु सकारात्मक रहेको बताए । उनले भारतीय पक्ष भारतको घोडासहनमा पानी नदिएर भए पनि नेपाली किसानलाई पानी दिन तयार देखिएको बताए ।

‘नहरमा पानी नआएर हाम्रो टाउको दुखिरहेको थियो, पानी आउन थालेपछि टाउको हल्का भयो । पर्साको पश्चिमी क्षेत्रमा अहिले सिञ्चाइ भइरहेको छ’ उनले भने ‘ केही दिन अघि पटनाका चिफ इन्जिनियर रामपुकार रञ्जनलाई भेटेका थियौं, उहाँहरु नेपाललाई आवश्यक र सम्झौता अनुसार पानी दिन सकारात्मक हुनुहुन्छ ।’

पानी सम्झौता अनुसार नआएको कुरालाई ढाकछोप गर्दै उनले नहर मर्मतसम्भारको काम भर्खरै सकिएकोले नहरमा धेरै पानी नछोडिएको बताए । ‘भारततर्फ बाढीले नहर एकदमै क्षत विक्षत भएको थियो । एकैपटक ठूलो पानी छोड्दा फेरि क्षति पुग्छ भनेर नछोडिएको हो’ उनले भने ‘विस्तारै पानी बढाउँदै लैजाने कुरा छ ।’

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...