मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार, अब यस्तो आउदैछ मौलिक हक



हाम्रो इकोनोमि

संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था छ ।

नयाँ संविधानको भाग ३ को धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकसम्बन्धी व्यवस्था छ । उल्लेखित ३१ वटा मौलिक हकमध्ये १७ वटामा पुरानै कानून पर्याप्त छन् भने बाँकी १४ मौलिक हकका लागि नयाँ कानून बनाउनुपर्ने हुन्छ ।

मौलिक हकसँग सम्बन्धित नयाँ कानून बनाउनुपपर्नेर् १४ वटामध्ये १० वटा कानूनको मस्यौदा तयार भएको कानून मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म स्वास्थ्य उपचारसम्बन्धी हक, आवाससम्वन्धी हक, श्रम तथा रोजगार सम्बन्धी हक, र सामाजिक सुरक्षाको हकसम्बन्धी चारवटा कानूनको मस्यौदा निर्माण हुन सकेको छैन ।

कानून आयोग र सम्बन्धित मन्त्रालयलाई अहिलेसम्म प्रगति नभएका ४ विधेयकका सम्बन्धमा पनि ताकेता गरिरहेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

संवैधानिक दायराभित्र मौलिक हक कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय उदासीन रहेको आरोप लागिरहेका बेला कानून मन्त्रालयले निराश हुनुपर्ने अवस्था नरहेको बताएको छ ।

‘कामको गति सुस्त छ तर निराश हुनुपर्ने अवस्था छैन,’ मन्त्रालयका उपसचिव हुमबहादुर केसीले भने, ‘समय सीमाभित्र सबै कानुनहरु प्रमाणीकरण भइसक्नेगरी कामलाई तिव्रता दिइएको छ ।’

संसदमा पेश हुन बाँकी

कानून मन्त्रालयले ४ वटा बाहेक बाँकी २८ वटा मौलिक हकसम्बन्धी कानूनको मस्यौदा तयार भएको भनिए पनि संसदको चालु अधिवेशनमा एउटा पनि विधेयक पेस गरेको छैन ।

संसद सचिवालय विधेयक शाखाका अनुसार मौलिक हक अन्र्तगतका कुनै पनि विधेयक दर्ता भएका छैनन् । नेपाल कानून आयोग र सम्बन्धित मन्त्रालयहरुले मस्यौदा निर्माणको चरण पूरा गरेको दाबी गरे पनि दर्ताको प्रक्रिया अगाडि बढाएका छैनन् ।

यी पुरानै कानून यथावत रहने

कतिपय मौलिक अधिकारसम्बन्धी विद्यमान कानूनबाटै काम चल्ने कानून मन्त्रालयको दाबी छ । जस्तै श्रमको हकसम्बन्धी व्यवस्था यसअघि पारित श्रम ऐन ०७४ र सम्मानपूर्वक बाँच्न पाउने हक अपराध संहिता लगायत अन्य विषयगत कानूनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

स्वतन्त्रताको हकलाई संघ संस्था खोल्नेसम्बन्धी प्रचलित कानून, देवानी संहिता र राजनीतिक दलसम्बन्धी ऐन लगायतका मौजुदा कानूनले समेट्नेमन्त्रालयका उपसचिव केसीले जानकारी दिए ।

त्यसैगरी समानताको हकसम्बन्धी नागरिकको अधिकारका लागि अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयगत कानून, मुलुकी अपराध र देवानी संहिता पर्याप्त रहेको कानून मन्त्रालयको निश्कर्ष छ ।

न्याय सम्बन्धी हक, यातनाविरुद्धको हक, सम्पत्तिको हक सम्बन्धी मौलिक हक, धार्मिक स्वतन्त्रताको हक, सूचनाको हक, शोषणविरुद्धको हक र भाषा तथा संस्कृतिको हकका लागि नयाँ कानून आवश्यक नरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सूचनाको हक, दलितको समानुपातिक प्रतिनिधित्वसम्बन्धी हक, ज्येष्ठ नागरिक सम्बन्धी हक तथा देश निकालाविरुद्धको हक प्रचलनका लागि पनि मौजुदा कानून पर्याप्त रहेको मन्त्रालयले जनाएको छ ।

कुन कुन् आउँदैछन् नयाँ कानून  ?

नयाँ कानून अन्तरगत अपराध पीडितको अधिकार सम्बन्धी विधेयक र शिक्षाको अधिकार सम्बन्धी विधेयक नयाँ बन्दैछन् । त्यसैगरी खाद्य अधिकार सम्बन्धी विधेयक, वालबालिकाको अधिकार सम्बन्धी विधेयक र उपभोक्ताको हक सम्बन्धी विधेयक पनि तयार भइसकेको कानून मन्त्रालयले जनाएको छ ।

त्यस्तै छूवाछूत तथा भेदभावविरुद्धको हक, स्वच्छ वातावरणको हक, आधारभूत स्वास्य सेवा प्राप्त गर्ने हकका विषयमा पनि नयाँ कानून बनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...