सूचना टाँसेर संसद साउन ११ गतेसम्मका लागि स्थगित



हाम्रो इकोनोमि

बिहीबारको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ। सभामुख कृष्णबहादुर महराले संसद आज १ बजेका लागि डाकिएको बैठक विशेष कारणवश भन्दै साउन ११ गतेसम्मका लागि स्थगित गरेका हुन्।

नेपाली कांग्रेसले संसद अवरोध गर्ने आफ्नो निर्णयबाट पछाडि नहट्ने जनाएपछि महराले सूचनामार्फत् बैठक स्थगित गरेका हुन्।

कांग्रेसले चिकित्सा शिक्षा अध्यादेशको प्रावधान विधेयकमा परिवर्तन गरेको विरोधमा संसद अवरोध गर्दै आएको छ।

असार ३२ गतेका दुई बैठक पनि कांग्रेसले अवरोध गरेको थियो।

राष्ट्रिय सभा बैठकसमेत यसअघि नै ८ गते सम्मका लागि स्थगित भैसकेको छ।

सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोधमा डाक्टर गोविन्द केसी २० दिन देखि जुम्लामा अनसनमा छन्। केसीको स्वास्थ्य जटिल बनेको भन्दै कांग्रेसले उनको माग पूरा गराउन संसद अवरोध गरेको हो।

सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाउने जनाए पनि कांग्रेसले अडान यथावत् राखेको थियो।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...