मुख्य खबर

अमेरिकामा पनि नेपाली असुरक्षित, आफन्त गुमाएका परिवारको बिचल्ली

  केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो। लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६ वर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो।