प्रस्तावित प्रधानन्यायाधीश राणाकाे सुनुवाइ जारी



हाम्रो इकोनोमि

 

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा संघीय संसद अन्तरगत संसदीय विशेष सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।

यस क्रममा राणाले न्यायीक सुशासन कायम गर्ने र भ्रष्टाचारमा शुन्य शहनशीलता अपनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै भ्रष्टाचार तथा न्यायीक विचलन गर्ने व्यक्तिको खोजी गर्ने पनि उनले बताएका छन् ।

उच्च अदालतमा न्यायाधीशको रुपमा आउँदा ‘ब्ल्याकमेल’ गरेको, शिवकुमार मण्डलको जग्गाको फैसला गर्दा बिचौलियासँग साँठगाँठ गरेको लगायत विषयमा राणामाथि समितिमा प्रश्न उठाइएको छ । राणामाथि अहिले पनि प्रश्न सोध्ने क्रम जारी छ ।

सार्वजनिक जग्गा आफन्तको नाममा कायम गराएको, मुद्दा फैसलामा आर्थिक चलखेल गरेको, पूर्व युवराज्ञी प्रेरणाको दाइजो सम्बन्धी मुद्दामा वदनियत राखेको लगायतका ९ वटा संगीन आरोपसहित उजुरी परेका जवराको विषयमा हुन गइरहेको आजको सुनुवाइलाई निकै चासोका साथ हेरिएको छ ।

आरोपै–आरोपले घेरिएर सर्वोच्चका जवराका लागि आजको सुनुवाइले सर्वोच्चको ढोका खोल्छ कि खोल्दैन भन्ने कुरा अहिले सर्वत्र चासोको विषय बनेको छ । आज दिउँसो २ बजे बस्ने समितिको बैठकमा सुनुवाइका लागि राणालाई बोलाइएको छ ।

विभिन्न समयमा भएका फैसला तथा व्यक्तिगत विषयमा प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध नौवटा उजुरी परेका छन् । उक्त उजुरी तथा उनका भावी कार्ययोजनाका विषयमा आज छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । सुनुवाइपछि राणाको नाम अनुमोदन गर्ने–नगर्ने निर्णय हुनेछ ।

यसअघि गत शुक्रबार बसेको बैठकमा उजुरीकर्तासँग छलफल गरिएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी मंगलबार अनिवार्य अवकाश पाउने भएकाले त्यसअघि नै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सक्ने तयारी संसदीय समितिले गरेको हो । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...