प्रचण्डको क्षेत्र चितवनमा के गर्दैछन पारस भने अब चाँडै राजतन्त्र आँउछ



हाम्रो इकोनोमि

 

राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ११ बर्षपछि पूर्वयुवराज पारस शाह सार्वजनिक कार्यक्रममा पहिलो प्रमुख अतिथि बनेका छन् ।

 

उनी पहिलो प्रमुख अतिथि राजतन्त्रका प्रखर विरोधी र राजतन्त्र अत्य गर्ने गणतन्त्रबादी नेता तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा प्रमुख अतिथि बनेका हुन् । तमु ल्होसार पर्वको विशेष कार्यक्रममा प्रमुख अतिथि बन्दै उनले पानसमा दियो जलाएका छन् ।

 

आजै जन्मदिन परेका पूर्वयुवराज पारस तमु ल्होसारको कार्यक्रममा भाग लिन चितवन पुगेका हुन् । चितवन पुगेका पूर्वयुवराज पारसको विमानस्थलदेखि नै स्वागत र स्किटिङ गरिएको थियो ।

 

चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो भने छोरी रेणु दाहाल यहाँकी मेयर हुन् । कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको चितवन पुगेर उनले पानसमा दियो जलाएका छन् । पूर्वयुवराज शाहलाई राप्रपा र उनका समर्थकहरुले स्वागत गर्दै राजतन्त्रका पक्षमा नारा पनि लगाएका थिए ।

 

पछिल्लो समय पूर्वराजपरिवार सक्रिय बनेको छ । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक भेटघाट गरिरहेका बेला चितवन पुगेर पारसले गणतन्त्रपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बनेका छन् ।

 

बुहारीलाई काखा, छोरालाई पाखा : ज्ञानेन्द्र पुगेको ठाउँमा किन जसरी पनि पुग्छिन् हिमानी

पूर्वराजा ज्ञानेन्द्र शाह पुगेको ठाउँमा ढिलो होस् अथवा चाँडो पूर्वयुवराज्ञी हिमानी पुग्दै आएकी छिन्।

पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ वर्ष मनाउनको लागि पोखरा पुगेको बेला पूर्वयुवराज्ञी हिमानी पनि मंगलबार पोखरा पुगेकी छिन्। अंग्रेजी नयाँ बर्ष मनाउनका लागि छोराछोरी लिएर हिमानी पोखरा पुगेकी हुन् ।

 

पौस २ गतेनै पोखरा पुगेका ज्ञानेन्द्र बुहारी र नातीनातिना लिनका लागि पोखरा विमानस्थलमा आफैं पुगे। ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमलसहित पोखरा पुगेको भएता पनि परिवारका अन्य सदस्य भने निर्मल निवासमा नै थिए ।

 

पूर्वराजा ज्ञानेन्द्र पुगेको ठाउँमा लगभग अनिवार्यनै हिमानी पुग्ने गेरकी छिन्। यस पटक पनि हिमानी ससुरा पुगेको ठाउँमा ढिलाई भए पनि पुगिन्।

 

ज्ञानेन्द्र पुगेको ठाउँमा प्राय पुग्ने हिमानीले ससुरासँगै थाइल्यान्ड, माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण समेत गरिसकेकी छिन्। ज्ञानेन्द्रले देश भित्र गर्ने भ्रमणहरुमा पनि हिमानी लगभग सँगै हुने गर्छिन्।

 

यसको पछाडी के कारण होला ? भन्ने प्रश्न पनि उठ्न सक्छ। ज्ञानेन्द्रसँगै हिमानी हुनुलाई धेरैले बुहारीलाई उत्तराधिकारीका रुपमा सारिएको भन्दै पनि विश्लेषण गर्दै आएका छन्।

 

राजपरिवारमा आफ्नो उत्तराधिकारीको विशेष महत्व हुनेभएता पनि ज्ञानेन्द्रले पुत्र पारसलाई नभई बुहारीलाई उत्तराधिकारीको रुपमा अगाडी सार्न खोजेको पनि हुन सक्छ।

 

केही समय अगाडी सम्म थाइल्यान्ड बसेर बबण्डर मचाउँदै आएका पारससँग ज्ञानेन्द्र रिसाएको एक श्रोतको दावी छ। जस कारणले गर्दानै ज्ञानेन्द्र हिमानीलाई निर्मलनिवासको उत्तराधिकारीका रूपमा हेरिरहेका छन्। जसको कारण ज्ञानेन्द्र बुहारी हिमानीलाई हरेक योजनामा सहभागी गराउने गर्छन्।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...