कञ्चनपुर पुगेर आईजीपीले भने– निर्मला हत्यामा निर्दोष फस्दैनन्, दोषी जोकोही भएपनि छाडिन्न



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणको अनुसन्धानमा कसैको दबाब र प्रभाव नभएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुगमनका क्रममा कञ्चनपुर पुगेका आईजीपी खनालले भने, ‘‘अनुसन्धान पूर्ण व्यावसायिक रुपमा भइरहेको छ, कसैको दबाब र प्रभाव परेको छैन ।’’

निर्मला हत्याको अनुसन्धानमा प्रहरी सक्रिय भएको बताउँदै खनालले महिला हिंसा र बाल हिंसाविरुद्ध समुदायसँगै मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

महिला अधिकारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा आईजीपी खनालले भने, ‘‘निर्दोष फस्दैनन्, दोषी जोकोही जतिसुकै ठूलो वा सानो भएपनि छुट्दैन ।

कानुनको नजरमा सबै समान हुन् ।’’

प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख भएको आईजीपी खनालको भनाइ छ ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न आग्रह गर्दै खनालले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

निर्मला हत्यापछि आईजीपी खनाल दोस्रोपटक कञ्चनपुर पुगेका हुन । आईजीपीको टोलीमा प्रहरीका अनुसन्धान अधिकृत पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...