प्रधानमन्त्री ओलीले मलाई हेप्नुभयो : ओनसरी घर्ती
अभियाेग १ : पदको भोको हुनुहुन्छ । तीनपटक सांसद बन्नुभयो, उपसभामुख, सभामुख र मन्त्री खानुभयो । सभामुख भइसकेको मान्छे अहिले फेरि नेकपाको प्रदेश ५ को अध्यक्ष बन्नुभयो । पदको भोकोचाहिँ होइन, तर मैले पटक–पटक अवसर पाएकोचाहिँ साँचो हो । लाभका पदहरूमा सबैले अवसर पाउनुपर्छ