१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा, के गरेकी थिइन् काम ?



हाम्रो इकोनोमि

 

स्वीडेनकी एक १६ वर्षे किशोरी ग्रेटा थुन्बर्ग नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा परेकी छिन् । जलवायु परिवर्तनका लागि लडेको र यसबारे विभिन्न अभियान चलाएको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको लागि उनको उम्मेद्वारी मनोनित गरिएको हो ।

तीन जना नर्वेली सांसदले नोबेल पुरस्कारका लागि उनको नाम दर्ता गराएका हुन् । यदि उनले यो पुरस्कार जितिन् भने उनी सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता बन्नेछिन् । पाकिस्तानकी मलाला युसुफजाई अहिलेसम्मकै सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता हुन् । यो पुरस्कार पाउँदा उनी जम्मा १७ वर्षकी थिइन् ।

थन्बर्गले मनोनयनमा परेकोमा आफू सम्मानित भएको भन्दै ट्वीट गरेकी छिन् । नर्वेका समाजवादी सांसद फ्रेडी आन्द्रेले भनेका छन्, ‘हामीहरुले ग्रेटा थनबर्गको नाम प्रस्तावित गरेका छौं । किनभने यदि जलवायु परिवर्तन रोक्नको लागि केही पनि गरेनौ भने हामी युद्धको कारण बन्न सक्छौँ’ उनले भने, ‘ग्रेटा थनबर्गले विभिन्न अभियानहरु सञ्चालन गरेकी छन्, जसलाई मैले शान्तिको लागि गरिएको प्रमुख योगदान ठानेको छुँ ।’

सय भन्दा बढी देशहरुमा शुक्रबारको दिन हजारौँ स्कुले विद्यार्थीहरु जलवायु परिवर्तनको विरुद्ध आन्दोलनमा उत्रिन्छन् । भविष्यका लागि शुक्रबार भन्ने ह्यासट्यागसहितको यो स्कुले अभियान ग्रेटाले नै चलाएकी हुन् । अहिले यो अभियान फैलिएर विश्वव्यापी बनिसकेको छ । जर्मनी, फ्रान्स, बेलायत, बेल्जियम, अष्ट्रेलिया, जापानलगायत विश्वका विकसित देशहरुमा यो अभियान छाइरहेको छ ।

को हुन्, ग्रेटा ?
स्वीडेनकी एक किशोरी । जसले आफ्नो ट्विटरमा आफैलाई वर्णन गरेकी छिन्, ‘एउटी १६ वर्षे जलवायु अभियानकर्ता’ । गएको वर्षको अगस्टमा स्विडेनको संसद अगाडि प्रदर्शन गर्दै उनले यो स्कुले आन्दोलनको शुरुवात गरेकी थिइन् ।

त्यसपछि सधैँको शुक्रबार उनी आफ्नो कक्षाको पढाइ छुटाउँछिन्, जलवायु परिवर्तनकोविरुद्ध आवाज उठाउन । गएको डिसेम्बरमा पोल्याण्डमा आयोजित एक संयुक्त राष्ट्रसंघको कार्यक्रममा र जनवरीमा डेभोसमा आयोजित विश्व आर्थिक फोरममा उनले जलवायुको बारेमा बोलेकी थिइन् ।

त्यसपछि जलवायु परिवर्तनमाथि विश्वव्यापी ध्यानाकर्षण गर्न उनी निरन्तर रुपमा लागिरहेकी छिन् । ग्लोबल इकोनोमिकका अगुवासँग उनले भनिन्, ‘जलवायु परिवर्तनबारे असफल भएको कुरा हामीले स्वीकार गर्नुपर्ने हुन्छ ।’

यसरी हुन्छ नोबेल पुरस्कारको लागि मनोनयन र छनौट
राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अधिकारीहरु, वौद्धिक वर्ग तथा पूर्व नोबेल पुरस्कार विजेताहरुले उपयुक्त ठानेको व्यक्तिको नाम नोबेल पुरस्कारको लागि मनोनित गर्न सक्छन् ।

नोबेल पुरस्कारको घोषणा हरेक वर्षको अक्टोबरमा हुन्छ र डिसेम्बरमा नर्वेको राजधानी ओस्लोमा पुरस्कार प्रदान गरिन्छ । सन् २०१९ मा नोबेल शान्ति पुरस्कारको लागि ३०१ जना मनोनयनमा परेका छन् । तिनीहरुमध्ये २ सय २३ व्यक्तिगत र ७८ संघसंस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...