यी हुन संसारकै भाग्यमानी बुबाआमा : जस्का सातै सन्तान सरकारी जागिरे



हाम्रो इकोनोमि
सदैब निराशाको कुरामात्र कति गर्ने ? आउनुहोस आशा र भरोसाका कुरा गरौं ।
भन्छन बुवा आमाका लागि सबैभन्दा ठूलो खुसी भनेको सन्तानको खुसी हो । सन्तानका प्रगति र उन्नति बुवा आमाका लागि सदैव खुसी र उर्जा दिने बिषय हो ।
हाम्रै देशमा एक यस्ता भाग्यशाली बुबा आमा जस्का कोखबाट जन्मिएका सात सन्तान । ती सातै जना सरकारी जागिरे । यस्ता भाग्यमानी बुवा आमा विरलै देख्न पाइन्छ । यस्ता भाग्यमानी बुवा आमा हुन् तेह्रथुमका गंगाप्रसाद गुरागाई र चन्द्रादेवी गुरागाईं । जस्का कोखबाट जन्मिए सात सन्तान ।
ती सातै सन्तान अहिले सरकारी सेवामा छन् । एकाघरका सातै सन्तान सरकारी सेवामा हुनु यो आफैंमा नयाँ कुरा हो ।
महेन्द्र गुरागाई र देवकुमारी गुरागाई दुबै नेपाल सरकारका सचिव हुन्
निजामती सेवामा एक पछाडि अर्काे रेकर्ड ब्रेक गरिदिएका छन् गुरागाईका सन्तानहरुले ।
शिक्षा मन्त्रालयकी सहसचिव देवकुमारी गुरागाईं सचिवमा बढूवा भएकी छिन् । आइतबारको मन्त्रिपरिषद्को बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

 

यो पनि पढ्नुहोस :

 

 

 

सरस्वती शिक्षा सेवामा शाखा अधिकृतको रुपमा कार्यरत छिन्
दोश्रो तिनै गंगाप्रसाद र चन्द्रादेवीका कोखबाट जन्मिएका सहोदर दाजु बहिनी नै नेपाल सरकारका विशिष्ठ श्रेणीका कर्मचारी छन् ।
पुष्पप्रसाद लेखाका उपसचिव हुन्
निजामती सेवामा एकैघरमा सबै सन्तान सरकारी जागिरे भएको विरलै देख्न र भेट्न पाइन्छ । त्यो माथि दाजु बहिनी नै सचिव बनेर रेकर्ड ब्रेक गरेका छन् उनका सन्तानहरुले ।

गंगा र चन्द्रादेवीका सात सन्तान । महेन्द्र, देवकुमारी, सरस्वती, पुष्पप्रसाद, झइन्द्र, चिरञ्जिवी र दोनुका सातै जना सरकारी सेवामा छन् ।

झइन्द्र अख्तियारमा कानुनका उपसचिवका रुपमा कार्यरत छन्
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव देवकुमारी गुरागाई र लोकसेवा आयोगका सचिव महेन्द्र नाताले दाजु बहिनी हुन् ।
हाल निजामती सेवामा ७४ जना विशिष्ट श्रेणीका सचिवमध्ये चार जना मात्र महिला छन । महेन्द्र दुई वर्ष अगाडि सचिव भएका हुन भने देवकुमारी यही फागुन २६ गते बढुवा भएकी हुन्। शिक्षा मन्त्रालयमा सहसचिव रहेकी उनी बढुवापछि प्रधानमन्त्री कार्यालय पोस्टिङ भएकी छन ।
२०५१ सालमा नायव सुब्बाबाट शिक्षाबाट सरकारी सेवामा प्रवेश गरेकी गुरागाईको पहिलो पोष्टिङ् तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषामा भएको थियो । २०५१ सालमा खुल्लाबाट अधिकृत भएकी उनी २०६५ साल बैशाखमा खुल्लाबाटै उपसचिव बनेकी थिईन् । उपसचिव भएको ११ महिनामै त्यही बर्षको चैत ९ गते खुल्लाबाटै सहसचिव भएकी थिईन् ।
महेन्द्र विगत दुईबर्षदेखि सचिवका रुपमा कार्यरत छन् ।
उनीहरुका पिता गंगाप्रसाद गुरागाईं हुन । सामान्य लेखपढ गर्न जान्ने भए पनि छोराछोरीमा भेदभाव गरेनन् । सबै सन्तानलाई समान शिक्षा दिक्षा दिए । सबै छोराछोरीलाई एसएलसीसम्म पठनपाठन गराए ।
चिरञ्जिवी चलचित्र विकास बोर्डमा कार्यरत छन्
यस्तै माइली छोरी सरस्वती शिक्षा सेवामा शाखा अधिकृत छिन अर्काे छोरा पुष्पप्रसाद लेखाका उपसचिव छन् भने साइँला झइन्द्र अख्तियारमा कानुनका उपसचिवका रुपमा कार्यरत छन् ।
दोनुका भक्तपुरमा निमावि शिक्षक छिन्।
कान्छा चिरञ्जिवी चलचित्र विकास बोर्डमा करारका अधिकृतका रुपमा कार्यरत छन् भने कान्छी दोनुका भक्तपुरमा निमावि शिक्षक छिन्।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...