५४५ नेपाली कामदार विदेशी जेलमा, कति बिरामी कोमामा ?



हाम्रो इकोनोमि

 

रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली कामदार विदेशी जेलमा छन् । उनीहरुको अवस्था कस्तो छ र उनीहरुमाथि ती जेलमा कस्तो व्यवहार गरिँदैछ भन्ने सरकारलाई स्पष्ट जानकारी छैन ।

उनीहरुलाई कानुनी सहायता उपलब्ध गराउने गरी पहल थालेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

विभिन्न अभियोगमा कारागरमा जीवन विताउन बाध्य कतिपय नेपालीलाई ‘ब्लड मनी’ जुटाएर नेपाल ल्याउन सम्भव पनि छ । तर, यसमा राज्यले कुनै आर्थिक जिम्मेवारी लिएको छैन, लिने नीति पनि लिएको छैन । तर, गोकर्ण बिष्ट श्रममन्त्री भएर आएपछि विदेशी जेलमा रहेका नेपालीलाई निःशूल्क कानुनी सहायाता उपलब्ध गराउने निर्णय भएको थियो ।

सीमित विदेशमा बन्दी कामदारका आफन्तले नेपालमै आर्थिक सहयोग जुटाएर जेलबाट छुटाउँदै आएका छन् ।

तर, अझै पनि ठूलो संख्यामा नेपाली कामदार विदेशमा जेल जीवन बिताउन बाध्य छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन विभिन्न देशबाट जेलमा रहेका नेपालीको संख्याबारे तथ्यांक लिएको हो ।

तथ्यांकअनुसार विदेशको जेलमा ५२६ पुरुष र १९ महिला छन् । सबैभन्दा धेरै मलेसियाका जेलमा २०५ जना बन्दी जीवन बिताउँदैछन् । यस्तै यूएईमा १८५, कुवेतमा ५८, साउदीमा ५४, कतारमा ३५, बहराइनमा ५ र ओमानमा ३ नेपाली जेलमा छन् । यूईमा मात्रै १२ जना नेपाली महिला जेल जीपन बितइरहेका छन् ।

यसैगरी विदशी अस्पतालहरुमा २४ जना नेपाली कोमामा छन् । यसमा २१ पुरुष र ३ महिला छन् । कतारमा ९ जना, साउदीमा ५ जना, बहराइन र कुवेतमा ४/४ जना नेपाली कोमामा उपचारत छन् । ओमान र यूइईमा पनि एक-एक जना नेपाली कोमामा छन् ।

कोमामा रहेका बिरामीलाई नेपाल फर्काएर उपचार गराउने गरी विदेशस्थित नेपाली नियोग, बिरामी कामदारको परिवार र सरकारी अस्पतालहरुमा समन्वय भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...