विप्लवको पोलिट्ब्युरो बैठक बस्दै बन्दुकको जवाफ बन्दुकले दिने तयारी



हाम्रो इकोनोमि

 

सरकारले आफ्ना गतिविधि प्रतिबन्ध लगाएपछिको अवस्था र भावी रणनीति तय गर्न नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको छ ।

बैठक तुरुन्तै बस्न लागेको स्रोतको दावी छ । विप्लव  नेकपालाइ सरकारले मंगलबार आपराधिक समूह किटान गर्दै मन्त्रिपरिषद बैठकबाट प्रतिबन्धको निर्णय गरेको थियो । नेकपाका एक पोलिट्ब्युरो सदस्यले अकस्मात नयाँ परिस्थिति खडा भएकाले आगामी दिनमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

उनका अनुसार मुलुकभित्रै अज्ञात स्थलमा बस्ने पोलिट्ब्युरो बैठकले सरकारले आफ्नो पार्टीलाइ लक्षित गरी एकतर्फी रुपमा युद्ध घोषणा गरेकाले ‘बन्दुकको जवाफ बन्दुकले दिने’ रणनीति बनाइने उल्लेख गरे ।

‘सरकार जसरी प्रस्तुत हुन्छ, हामी त्यसरी नै प्रस्तुत हुनुपर्ने भएको छ’, उनले भने, ‘हामी सरकारको सैन्यवादी चरित्रलाई प्रतिकार गर्ने निर्णय गर्दैछौं । परिस्थितिको थप आंकलन गरेर मात्र त्यसबारे निर्णय लिने मनस्थितिमा छन् । यद्यपि उनले विज्ञप्तिमार्फत सरकारले एकतर्फी युद्ध घोषणा गरेको भन्दै त्यसको जवाफ दिइने बताइसकेका छन् ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको अगाडी भीषण संघर्ष अनिवार्य भन्दै गएको देखिन्छ । जब सरकारले एकाएक प्रतिवन्ध लगाउने घोषणा गरेपछी यो परिस्थिति जन्मेको राजनीतिक बिस्लेषकहरुको भनाइ रहेको छ । सरकारको प्रतिबन्ध घोषणा गरे पछि नेकपा का महासचिव विप्लवले बिज्ञप्ती जारी गर्दै त्यसको प्रतिवाद मात्र गरेनन् प्रतिरोध गरिने घोषणा समेत गरेकाछन ।

विप्लवको फौजमा ड्रोन परिक्षण , अफवाह की अन्तिम सत्य ?

सरकारी प्रतिबन्धको घोषणा संगै नेकपाका राजनीतिक फौजी क्षमताका बारेमा बिभिन्न बहस र तर्क हुन थालेकाछन । कतिपयले नेकपाले ड्रोन युद्धको तयारी थालेको सूचना प्राप्त भएको दावी गरेका छन । कतिपयले आइटी सेनाको मजवुत बिकास गरिसकेको बिश्लेषण गरेका छन । तर बास्तविकता के हो खास पुष्टि भएको छैन । कतिपय मिडियाले नेकपा सग ड्रोन रहेको र त्यसले ५०० मिटरको दुरीसम्म मार हान्न सक्ने भनेर भनिएको छ । तर बास्तबिकता के चाही हो भने हरेक बिद्रोही शक्तिले फौजी तयारी आफ्नै ढंगले गर्ने र हतियार समेत आफै निर्माण गर्ने क्षमता चाही राखेकै हुन्छ । जुन कुरा जनयुद्धले समेत पुष्टि गरिसकेको छ ।

अहिले सुरक्षा निकायमा नेकपाले ड्रोन परीक्षण गरेको एकखाले तरंग गएको देखिन्छ । जसको कारण सरकारका गुप्तचरी संयन्त्रमा समेत हल्लीखल्ली मच्चिएको छ । आधा किलोसम्मको विस्फोटक पदार्थ बोक्नसक्ने ड्रोनको बारेमा खोजिनिती भएको समाचार बाहिर आएकैछन ।

सरकारले ‘प्रतिबन्ध’ को दर्जा दिएर बिप्लब नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव नेकपा सग अवैध हतियार बरामद हुन थालेपछि उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए थिए ।

सरकारको निर्णयसँगै विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि सुरक्षा निकायले थप निगरानी बढाएका छन् । भने कतिपय समर्थक र सामन्य कार्यकर्तालाइ धरपकड समेत सुरु गरेको छ ।

यसअघि पनि ‘विध्वांत्मक’ समूहको रुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नै तरिकाले विप्लवमाथि निगरानी गरिरहेका थिए ।
नेकपाले हतियार समेत संकलन गरेर सैन्य तालिम दिन थालेको रिपोर्ट सुरक्षा निकायबाट सरकारले प्राप्त गरेको बताइएको छ ।

नेपाली सेनाको विश्लेषण हेर्दा विप्लव नेकपा फौजी रुपमा समेत ‘बलियो’ रहेको देख्न सकिन्छ । नेकपा सग करिब ३ हजारको हाराहारीमा लडाकूहरु छन् । यी लडाकूहरु कुनै पनि बेला आक्रमणमा उत्रिन सक्ने सेनाको मुल्यांकन छ ।

यस्तै विप्लव नेकपा सग साना–ठूला, आधुनिक र परम्परागत गरी केहि हजारको संख्यामा हतियार रहेको सैनिक स्रोतको भनाइ छ । जसमध्ये केहि सयजति आधुनिक किसिमका स्वचालित हतियारहरु नेकपा सग हुनसक्ने सेनाको मुल्यांकन छ ।

तर, विप्लव नेकपामा राजनीतिक र फौजी संगठनबीचको समन्वय तल सम्म नरहेको सरकारी निकायको अनुमान रहेको छ । विप्लवबाहेक राजनीतिक संगठनका अन्य व्यक्तिसँग फौजी संगठनको सम्पर्क नहुने रिपोर्टिङ समेत भएको पाइन्छ। अधिकांश राजनीतिक संगठनका व्यक्तिलाई पनि फौजी संगठनबारे जानकारी नहुन सक्ने देखिन्छ ।

केहि वर्ष अगाडी मात्र भीषण लडाइ भोगेको मुलुकले अर्को द्वन्द थेग्न निकै कठिन देखिन्छ त्यसकारण राज्यले राजनीतिक ब्यवहार बाहेकको विकल्प खोज्नु हानिकारक हुनेछ । त्यस्तै बिद्रोही शक्ति नेकपाले पनि वार्तालाइ वेवास्ता गर्नु उत्तम नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...