स्वास्थ्य

प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो