स्वास्थ्य संस्थाहरु स्थानीय तहमा



हाम्रो इकोनोमि

जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ ।

सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका ३६ स्वास्थ्य चौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्थानीय तहको जिम्मा लगाइएको हो ।

“ती स्वास्थ्य संस्थाका चल र अचल सम्पत्ति पनि अब स्थानीय तहको मातहतमा हुनेछ । स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा लगाएका छौँ”, जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत मीनराज पाण्डेले भन्नुभयो ।

ती संस्थामा कार्यरत कर्मचारी यसअघि नै स्थानीय तहमा गइसकेका थिए । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पनि स्थानीय तहलाई सक्षम बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।

यसैबीच जनप्रतिनिधिलाई पोषणका बारेमा जानकारीसमेत दिएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...