महाकाली अञ्चल अस्पताल सञ्चालनमा



दुई दिन सेवा प्रभावित बनेको कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा पुनःसञ्चालन भएका छन् ।

शनिबार मध्यरात अस्पतालमा काममा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेपछि आइतबार बिहानदेखि चिकित्सकले आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

दुई पक्षबीच सहमतिपछि सोमबार रातिदेखि नै सबै सेवा शुरु भइसकेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले जानकारी दिनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दुई जनाविरुद्ध सार्वजनिक मुद्दा दायर भएर कारबाही भइरहेको छ । घटनाका दिन पक्राउ परेका अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

साथै शिशुको शवसमेत आफन्तको जिम्मा लगाइएको अस्पताल समितिले जनाएको छ । सुत्केरीले नवजात जन्माउने क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोपमा महिलाका आफन्त कुटपिटमा उत्रिएका थिए ।

 

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलबार  ०७ : ४३  बजे

प्रतिक्रिया दिनुहोस
३० वर्ष पुग्दा तीन सन्तान पाइसक्नुस् : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए

काठमाडौंको बौद्धमा आगलागी, एक महिलाको जलेर मृत्यु

  काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बौद्धस्थित

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु

सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउन अपरिहार्य : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मुलुकको कुल जनसङ्ख्याको करिव ६६ प्रतिशत शहरी जनसङख्या र बाँकी