विपन्नको स्वास्थ्य बीमाको रकम नोबेलले तिर्ने



हाम्रो इकोनोमि

विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ ।

नोबेलका सञ्चालक डा सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइने छ । शर्माले भन्नुभयो “सरकारले एक परिवारको बीमाका लागि रु दुई हजार ५०० लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्ने छ । शर्माले विपन्न, दलित तथा अल्पसंख्यक परिवारका २०० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको सुनिश्चित गर्ने र दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समुदायका २० जना विद्यार्थीलाई निःशुल्क एमबिबीएस अध्ययनको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजले दुई सातायता मोरङको ३ नम्बर क्षेत्रका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शर्माले भन्नुभयो, “आर्थिक अभावका कारण सामान्य रोगको शिकार भएर जीवन नै गुमाउनु पर्ने अवस्थाका १५० बढी रोगी बिरामीको नोबेल अस्पतालमा उपचार गराइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...