निर्वाचन निर्देशिका २०८२ स्वीकृत



हाम्रो इकोनोमि

राजनीतिक दलसम्बद्ध संगठनमा भएका कर्मचारीलाई निर्वाचन आयोगले आगामी निर्वाचनमा नखटाउने भएको छ । फागुन २१ निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले आफ्नो वडामा समेत जान पाउने छैनन् ।

निर्वाचन आयोगद्वारा जारी जनशक्ति व्यवस्थापनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२’ स्वीकृत भएपछि यस्तो व्यवस्था लागू हुने भएको हो ।

निर्वाचन आयोग ऐन, २०७४ को दफा ८० ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका तयार पारिएको आयोगले जनाएको छ । उक्त निर्देशिकाले निर्वाचनमा खटिने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको परिचालनलाई कानुनसम्मत र व्यवस्थित बनाएको आयोगको भनाइ छ ।

निर्वाचनलाई जनशक्ति अभाव हुन नदिने र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय मतदान हुने स्थानमा सोही अनुसारको दक्ष जनशक्ति परिचालन गर्ने र मतपत्र मार्फत हुने मतदानमा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाको प्रभावकारी कार्यान्वयनले निर्वाचनमा हुने सक्ने धाँधली र कर्मचारीको राजनीतिक प्रभावलाई न्यूनीकरण गर्दै आम मतदाताको विश्वास जित्न सफल हुने आयोगका पदाधिकारीले बताएका छन् ।

निर्देशिकाअन्तर्गत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी साथै सरकारको स्वामित्वमा रहेका वा अनुदानमा सञ्चालित संस्थाका कर्मचारी पर्नेछन् ।

त्यस्तै, विश्वविद्यालय तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई पनि निर्वाचनको जनशक्तिमा समेटिएको छ । निर्देशिका अनुसार काजमा रहेका, करारमा कार्यरत वा ज्यालादारीमा रहेका कर्मचारीलाई समेत आवश्यकताअनुसार निर्वाचनको काममा खटाउन सकिने प्रावधान छ । यसपटक आयोगले निर्वाचनको निष्पक्षता कायम गर्न कर्मचारी परिचालनमा विशेष कडाइ गरेको छ ।

निर्देशिकाको दफा २२ अनुसार निजामती कर्मचारी, शिक्षक वा अन्य सरकारी निकायमा कार्यरत राष्ट्रियस्तरको ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनको काममा निषेध गरेको छ ।

यसैगरी, कुनै कर्मचारीको घर वा ठेगाना भएको वडामा सोही कर्मचारीलाई मतदान अधिकृत वा सहायक मतदान अधिकृतको रूपमा खटाउन नपाइने व्यवस्था गरिएको छ ।

शिक्षकको हकमा उनीहरू कार्यरत रहेको विद्यालयको क्षेत्र वा घर भएको वडामा खटाउन नपाइने व्यवस्था छ । यस्तै, कुनै उम्मेदवारको नजिकको नातेदार रहेको कर्मचारीलाई पनि सम्बन्धित निर्वाचन क्षेत्रमा खटाइने छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...