नसर्ने रोगसम्बन्धी अभिमुखिकरण



हाम्रो इकोनोमि

स्वीस फाउण्डेशनको सहयोगमा विश्वका तीन राष्ट्रमा पहिलोचरणमा सञ्चालन गरिएको नसर्ने रोगसम्बन्धी वृहत जनचेतना अभिमुखीकरण कार्यक्रम सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ ।
नेपाल, मोजाम्बिक र पेरुमा मात्र पहिलोचरणमा सञ्चालनमा आएको नसर्ने रोग मधुमेह, उच्च रक्तचाप र कुष्ठरोग हुँदा अपनाउनुपर्ने सावधानी एवं सर्तकताबारे सबैलाई जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपालका संयोजक कार्यक्रम प्राध्यापक डा निलाम्बर झाले जानकारी दिनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामुदायिक औषधि विभाग प्रमुख प्रा झाको नेतृत्वमा अर्का प्रा डा सञ्जीव शर्मा र डा सुमनबहादुर सिंहको तीन सदस्यीय टोलीबाट यस्ता रोगबारे सर्वसाधारणलाई जानकारी गराउन चिकित्सा विज्ञानका क्षेत्रमा काम गर्दै आएकालाई प्रशिक्षण दिन थालिएको छ ।

यस्ता रोग भयावह अवस्थामा पुगिसकेकाले सर्वसाधारणको जीवन रक्षाकमा लागि राज्यको स्वास्थ्य नीतिमा समेत परिमार्जन गर्नुपर्नेमा पनि संयोजक प्राडा झाले जोड दिनुभयो ।

अस्वस्थकर खाद्य बस्तु फलफूल, प्रतिकूल वातावरण र वंशाणुगतरूपमा देखिने यस्ता रोगबाट नागरिकलाई सुरक्षित राख्न वर्तमान कृषि नीति अर्थात खाद्यान्न उत्पादकत्व बढाउने भन्दा पनि प्राङ्गारिक कृषि उत्पादन नीति बनाउनुपर्ने उहाँले बताउनुभयो ।

सुनसरी जिल्लाको स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति एवं विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि र जननिर्वाचित पदाधिकारी समेतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा डा सुमनबहादुर सिंहले यस्ता रोगले नेपाललगायत विश्वमै पारेको असर तथा अपनाइनुपर्ने उपायबारे प्रकाश पार्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...