परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि



हाम्रो इकोनोमि

सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ ।

सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन् । अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् भने स्थायी साधन ९९ प्रतिशत महिलाले नै प्रयोग गरेको तथ्यांक छ । जिल्लामा एक हजार ४४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको स्वास्थ्य कार्यालयको परिवार नियोजन शाखाको तथ्यांकमा उल्लेख रहेको छ ।

यहाँ अस्थायी साधनको प्रयोग बढेकाले स्थायी बन्ध्याकरण गराउने क्रम भने घटेको छ । आव २०६७÷६८ मा एक हजार ४९० जनाले बन्ध्याकरण गराएकामा आव २०७३÷७४ मा आएर ९८७ जनाले मात्रै बन्ध्याकरण गराएको पाइएको छ ।

परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्टलगायतका साधन महिलाले प्रयोग गर्ने भएकाले महिलाको तथ्यांक बढी देखिएको कार्यालयको भनाइ छ । कूल प्रजनन योग्य महिलामध्ये २३ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गरेको तथ्यांकले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको कलेजो प्रत्यारोपण सफल

    नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...