परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि



सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ ।

सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन् । अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् भने स्थायी साधन ९९ प्रतिशत महिलाले नै प्रयोग गरेको तथ्यांक छ । जिल्लामा एक हजार ४४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको स्वास्थ्य कार्यालयको परिवार नियोजन शाखाको तथ्यांकमा उल्लेख रहेको छ ।

यहाँ अस्थायी साधनको प्रयोग बढेकाले स्थायी बन्ध्याकरण गराउने क्रम भने घटेको छ । आव २०६७÷६८ मा एक हजार ४९० जनाले बन्ध्याकरण गराएकामा आव २०७३÷७४ मा आएर ९८७ जनाले मात्रै बन्ध्याकरण गराएको पाइएको छ ।

परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्टलगायतका साधन महिलाले प्रयोग गर्ने भएकाले महिलाको तथ्यांक बढी देखिएको कार्यालयको भनाइ छ । कूल प्रजनन योग्य महिलामध्ये २३ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गरेको तथ्यांकले देखाएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७४, आइतबार  ०३ : २२  बजे

प्रतिक्रिया दिनुहोस
३० वर्ष पुग्दा तीन सन्तान पाइसक्नुस् : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए

काठमाडौंको बौद्धमा आगलागी, एक महिलाको जलेर मृत्यु

  काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बौद्धस्थित

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु

सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउन अपरिहार्य : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मुलुकको कुल जनसङ्ख्याको करिव ६६ प्रतिशत शहरी जनसङख्या र बाँकी