समाचार

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको हो । एक नाबालिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो ।