२४ सीट नपाए गठबन्धनबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी



हाम्रो इकोनोमि

 

 

मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सीट नपाए जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सीट र पहाड तथा सहरमा समेत गरी २५ सीटको माग गरेका छन् ।

यादवले बुधबार वीरगञ्जको एउटा कार्यक्रममा पनि सम्मानजनक सीट बाँडफाँट नभए एक्लै चुनाव लड्ने भन्दै त्यसको लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यदलमा रहेका जसपाका नेताहरू रामसहाय यादव र रकम चेम्जोङले पनि पार्टीको बटमलाइन सुनाएका छन् ।

जसपाले मधेसमा एक्लै लड्दा पनि १२ सीट जित्ने भन्दै गठबन्धनमा त्यो भन्दा तल झरेर सीट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा उपेन्द्रले देखेका छन् । उनले स्थानीय चुनावको आँकडा समेत पेस गर्दै मधेसमा आफ्नो पार्टी कांग्रेस एमालेको हाराहारीमा रहेको बताएका छन् ।

जसपाले मधेस प्रदेशमा कम्तिमा १५ सीट दाबी गरेको छ । त्यस्तै प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक-एक सीट दाबी गरेको छ । वागमतीको काठमाडौंमा एक सीट जसपाको दाबी छ भने लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक-एक सीट दाबी गरेको छ । जसपाले गण्डकी र कर्णालीमा प्रतिनिधिसभातर्फ सीट दाबी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...