नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु



हाम्रो इकोनोमि

 

 

निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी दौड शुरु भएको छ । महासंघको ६० औँ वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि चुनाव लागेको हो ।

आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुँदैछ । जुनबेला हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् । बाँकी अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ । जसका लागि उम्मेदवारी घोषणाको तयारी थालिएको छ ।

सोमबार महासंघका वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलले उम्मेदवारी घोषणा गर्दैछ । ढकाल हाल वस्तुगत तर्फबाट उपाध्यक्ष रहेका छन् । महासंघको आसन्न निर्वाचनको लागि ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गर्न लागेकी छिन् । हाल पनि उनी एसोसिएट उपाध्यक्ष नै हुन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...