रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी घण्टी बनजाउँदै निर्वाचन आचासंहिता उल्लंघन गरेको आरोप लगाएका छन् । प्रवक्ता श्रेष्ठले वक्तव्य जारी गर्दै रास्वपाले जताततै घण्टी बजाएर ध्वनी प्रदुषण गराएकोमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् । उनले राजा बिरेन्द्रको शालिकमाथि चढेर झण्डा जलाउने काम समेत रास्वपाले गरिरहेकोमा आपत्ति जनाएका छन् ।

श्रेष्ठको वक्तव्यमा भनिएको छ–’निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं। घण्टी चिन्ह हुने दलले ध्वनि प्रदुषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ। खुकुरी चिन्ह हुने दलले घण्टी बजाउँदै हिडेजस्तो खुकुरी नचाउँदै हिड्ने, डोजर चिन्ह हुने दलले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिड्ने अवस्था आयो वा हिड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्विकार्य हुनसक्छ  ? प्रवक्ता श्रेष्ठले रास्वपाले गरेका पछिल्ला दुव्र्यवहार, झण्डा जलाउने, शालिकमाथि चढ्नेजस्ता गतिविधिप्रति सार्वजनिकरुपमा माफी माग्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...