प्रचण्ड-जनार्दनबीच भनाभन, बोलचाल नै बन्द



हाम्रो इकोनोमि

 

 

महासचिव चयनदेखि नै असन्तुष्ट रहेका अर्थमन्त्री तथा माओवादी पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको उपस्थितिमै आलोचना गरेपछि दुवै नेताबीच घोचपेच र सवाल जवाफ चलेको छ ।

अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड र विशिष्ट अतिथि जनार्दन शर्माबीच घोचपेच चलेको हो । प्रचण्ड कार्यक्रमको सुरुमै बोल्न चाहन्थे । तर जनार्दनले आफू पहिले बोल्ने जिद्दि गरेपछि आफूले छाडेको प्रचण्डले बताए । प्रचण्डलाई रोकेर भाषण गर्न मञ्चमा पुगेका शर्मालाई विद्यार्थीले ताली बजाएर हुटिङ गर्दा उनले ‘नबजाऊ ताली, मलाई तालीदेखि डर लाग्छ, नगर गाली मलाई गालीदेखि रिस उठ्छ’ भन्दै मन्तव्य सुरु गरेका थिए ।

शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न उभिएको भन्दै सुरुदेखि नै प्रचण्डसँगको असन्तुष्टि पोखेका थिए । आफू निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर कमिटी बनाएको पवन कार्की समूहलाई पार्टीले नरम नीति लिएकोमा समेत उनले असन्तुष्टि पोख्दै नीति र नेतृत्व सही हुनुपर्ने बताए ।

 

जनार्दनले यसो भने

हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन । स्वार्थ पूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले । म नीति र नेतृत्वलाई सधैँभरि रक्षा गर्ने मान्छे हुँ । सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । म त अध्यक्षको कडा आलोचक पनि मै हुँ र सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे पनि मै हो । अध्यक्षले यही मञ्चमा उभिएर अहिले यसको जवाफ दिनुहोला । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्दैन । नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको कडा आलोचक हुँ,आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा गर्छ,चाकडीले होइन । आलोचनाले नेतृत्वको रक्षा गर्छ चाकडीले होइन

जनार्दनपछि बोल्न उभिएका प्रचण्डले आफ्नो भनाइ सक्ने क्रममा हल्का आक्रोशित मुद्रामा जवाफ दिँदै जनार्दनलाई हुर्काउन र रक्षा गर्न आफ्नो मुख्य भूमिका रहेको बताए ।

 

प्रचण्डको जवाफ यस्तो थियो

जनार्दनजीले जाँदा जाँदै भन्नुभयो, यो पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा । म म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा बुझ्न जरुरी छ । उनको रक्षा र विकास गर्न पनि प्रचण्डले मुख्य भूमिका खेलेको छ । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ । शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्व गरेँ । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि त धेरै चीज भएकै छ । मेरो चाहना राम्रा उत्तराधिकारीहरू आउन्,नेतृत्व गरुन्,हाम्रो विरासत र हाम्रो परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढुन् भन्ने हो । 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...