निर्वाचनपछि को प्रधानमन्त्री भनेर देउवा र प्रचण्डको बिवाद



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनको बैठकमा उनले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको चर्चा छ । सत्ता गठबन्धन पछिल्लो समय सिट बाँडफाँडमा केन्द्रित छ । प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा गठबन्धनले लगभग सिट बाँडफाँड टुँगो लगाएको चर्चा छ ।

कांग्रेसले आधा लिने र बाँकीमा गठबन्धनका अन्य दल लड्ने सहमति भएको बुझिएको छ। यद्धपी सिट बाँडफाँड गर्न बनेको कार्यदलले भने सहमतिमा प्रतिवेदन दिन सकेको छैन् । यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु नै निरन्तर छलफलमा जुटेको र अझै सहमति हुन नसकेको बताईएको छ।

उता, प्रचण्डले भने अहिले नै भावी प्रधानमन्त्रीको रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । दाहालको प्रस्तावमा देउवा सकारात्मक छन् । चुनावपछिको प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारेर जानुपर्ने दाहालको प्रस्तावबारे नेताहरुबीच छलफल चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकमार्फत नै एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।

दाहालले ओलीलाई टक्कर दिनसक्ने नेता आफू भएको भन्दै भावी प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । कांग्रेस नेतृत्व दाहालको प्रस्तावप्रति सकारात्मक सुनिएको छ । यद्धपी कतिपय नेताले भने भावी प्रधानमन्त्रीको रुपमा कांग्रेसले सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने बताउने गरेका छन् ।

उता, महामन्त्री गगनकुमार थापाले पनि आफू यसपटकको निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अघि बढ्ने घोषणा गरिसकेका छन् । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । सो बैठकमा सिट बाँडफाँडसँगै भावी प्रधानमन्त्रीको विषयमा पनि छलफल हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...