निर्वाचनपछि को प्रधानमन्त्री भनेर देउवा र प्रचण्डको बिवाद



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनको बैठकमा उनले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको चर्चा छ । सत्ता गठबन्धन पछिल्लो समय सिट बाँडफाँडमा केन्द्रित छ । प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा गठबन्धनले लगभग सिट बाँडफाँड टुँगो लगाएको चर्चा छ ।

कांग्रेसले आधा लिने र बाँकीमा गठबन्धनका अन्य दल लड्ने सहमति भएको बुझिएको छ। यद्धपी सिट बाँडफाँड गर्न बनेको कार्यदलले भने सहमतिमा प्रतिवेदन दिन सकेको छैन् । यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु नै निरन्तर छलफलमा जुटेको र अझै सहमति हुन नसकेको बताईएको छ।

उता, प्रचण्डले भने अहिले नै भावी प्रधानमन्त्रीको रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । दाहालको प्रस्तावमा देउवा सकारात्मक छन् । चुनावपछिको प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारेर जानुपर्ने दाहालको प्रस्तावबारे नेताहरुबीच छलफल चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकमार्फत नै एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।

दाहालले ओलीलाई टक्कर दिनसक्ने नेता आफू भएको भन्दै भावी प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । कांग्रेस नेतृत्व दाहालको प्रस्तावप्रति सकारात्मक सुनिएको छ । यद्धपी कतिपय नेताले भने भावी प्रधानमन्त्रीको रुपमा कांग्रेसले सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने बताउने गरेका छन् ।

उता, महामन्त्री गगनकुमार थापाले पनि आफू यसपटकको निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अघि बढ्ने घोषणा गरिसकेका छन् । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । सो बैठकमा सिट बाँडफाँडसँगै भावी प्रधानमन्त्रीको विषयमा पनि छलफल हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...