एयरपोर्टमा काठमान्डू ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

 

मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका किरण केसी नेपाल आएका छन । उनि बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका थिए । उनले उतै बाट उम्मेद्वारी घोषणा गरेका थिए । आज ठुलो समर्थकका बिच उनले एयरपोर्टमा सानो वक्तब्य दिएका थिए । केहि मतदाता , शुभचिन्तक र बालाजुबासी हरुले उनलाइ फुलमाला पहिराएर , नेपालको झण्डा ओढाएर स्वागत गरेका थिए । उनलाई समर्थकहरुले माछापोखरी चोक बाट उनको घर सम्म नारा लगाउदै पुराएका थिए ।

माछापोखरी चोकको धुवाँ धुलो देखाउदै उनले ‘ अस्ट्रेलियामा आरामको जिन्दगि बाचिरहेकै थिए तर यहाँ म आइपुग्ने बित्तिकै धुलो खानु पर्यो । तर म अब काठमांडू ७ लाइ धुलो मुक्त सहर बनाउछु , धुलोयुक्त हावामा सास फेर्नु एउटा अपराध हो तर हामीलाई धुलो खाँदा खाँदा धुलो खानु केहि होइन भन्ने परिसक्यो , यो राज्यले गरेको अपराध हो ’ ।
इन्जिनियर किरण केसी अस्ट्रेलियामा व्यवसाय गर्दा गर्दै नेपालको राजनीतिमा हाम फालेका छन । समग्र राजनीतिको शुद्धिकरण र काठमांडू ७ को सुन्दरता फर्काउने उनको मुख्य लक्ष्य रहेको बताए । बालाजु बसन्तनगर हिले टोलका स्थानीयवासीले किरण केसीलाइ उत्साहका साथ स्वागत गरेका थिए । उम्मेदवार किरण केसी २८ वर्षका हुन ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...