समाचार

लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौँ । उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट लागुऔषधसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन – ९ का प्रदीप यादव रहेका छन् ।