प्रारम्भिक नतिजामा एमाले किन कमजोर,कहाँ को कती दह्रो?



स्थानीय तह दोस्रो चरणको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिश्पर्धा भएको छ। कांग्रेसले ३ स्थानमा जितेर ८४ ठाउमा अग्रता लिएको छ भने एमालेले ७६ ठाउमा अग्रता लिदै २ स्थानमा जित हात पारेको छ।उता माओबादीले १ ठाउँ जितेर ३५ ठाउमा अग्रता लिएको छ।
यसअघि एमालेको प्रभाव क्षेत्रका रुपमा रहँदा आएको एक नम्बर प्रदेशका जिल्लामा कांग्रेसले राम्रो प्रदर्शन गरेको छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रदेश नम्बर एकमा कांग्रेसले ५० स्थानमा अग्रता लिएको छ।

कांग्रेसलाई एमालेले पछ्याइ रहेको छ। एमालेले एक नम्बर प्रदेशमा ४९ स्थानमा अग्रता लिएको छ। पाँच नम्बर प्रदेशमा भने एमालेले सन्तोषजनक प्रदर्शन गरेको छ। पाँच नम्बर प्रदेशमा एमालेले ३८ स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्रले ११ स्थानमा अग्रता लिँदै प्रदेश नम्बर एकमा तेस्रो स्थानमा रहेको छ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगर झापामा राप्रपाले जित सुरुवात गरेको छ ।
नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरुवात गरेको हो । कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादवले ८६० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गर्नुभयो ।
नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा (एमाले)बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा (एमाले)का हरि न्यौपानेले बराबर ८०१÷८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।
यसअघि राप्रपाले जित हासिल गरेको भनिएको थियो । तर नेकपा (एमाले)ले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको र अनिर्णित नै रहेको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा नेकपा ९माओवादी केन्द्र०का सोमबहादुर दर्लामीले ६११ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ । सोमबहादुर दर्लामी नेतृत्वमा पाँचै जनाकोे प्यानलले जितेको छ ।
यसैबीच, रैनादेवी छहरा गाउँपालिका–२ मा नेकाका जीवलाल पोखरेलले ५८७ मत ल्याएर वडाध्यक्षमा विजय हुनुभएको छ ।
रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले ८०५, उपाध्यक्ष चेतना गाहा ८३३, नेकपा ९एमाले०का अध्यक्ष रामबहादुर राउतले एक हजार २०३, उपाध्यक्ष गोमा बगालेले एक हजार १३०, नेकपा ९माओवादी केन्द्र०का फर्सबहादुर खाम्चाले ८४८ र उपाध्यक्ष खेममाया सुनारीले हालसम्म ८८३ मत प्राप्त गर्नुभएको छ । अझै ६ वडाको मतगणना हुन बाँकी छ ।
रम्भा गाउँपालिका–२ मा एमालेको प्यानल

सैबीच, रामपुर, पाल्पाबाट प्राप्त समाचार अनुसार रम्भा गाउँपालिका–२ मा नेकपा ९एमाले०को प्यानल विजयी भएको छ ।
नेकपा एमालेका अध्यक्षका उम्मेदवार उमान सिं सारुले ८६७ मत ल्याई उहाँको पूरै प्यानल विजयी भएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवबहादुर कार्कीले ५७२ मत ल्याउनुभएको छ । अहिले वडा नं १ को मतगणना कार्य जारी रहेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–२ को अध्यक्षमा नेकपा (एमाले)का गौरी राईसहित पूरै एमाले समूह विजयी भएको छ । यसअघि बिहीबार वडा नं १ मा नरबहादुर राई (जीवन)सहित पूरै एमाले समूह नै विजयी भएको थियो ।
आज बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार मिक्लाजुङ–२ मा राईले सो वडामा खसेको एक हजार २०५ मतमध्ये ४७३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अमर राईले ३३० मत प्राप्त गर्नुभएको छ । यस्तै, सदस्यहरुमा एमालेकै कमलकुमारी राई, कृष्णकुमारी विक, नैनबहादुर राई र मोहन राई विजयी हुनु भएको छ ।

सुनसरीको बराह नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानलै नै विजयी भएको छ । यहाँको १ नं वडाध्यक्षमा नेकाका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ एक हजार १५९ मत ल्याई विजयी हासिल गर्नुभएको हो ।
श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्क कटुवाललाई ३१८ मत अन्तरले पराजित गर्नुभएको हो ।
आज बिहान वडा नं १ को मतगणना सम्पन्न हुँदा प्रमुख र उपप्रमुखमा नेकाले अग्रता लिएको छ । प्रमुखमा नेकाले एक हजार ६८, उपप्रमुखमा एक हजार ७५ मत प्राप्त गरेको छ भने एमालेले प्रमुखमा ८८८ र उपप्रमुखमा ८७३ मत पाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्