महाकाली नगरपालिका– १ मा काँग्रेस विजयी



हाम्रो इकोनोमि

दार्चुला । महाकाली नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ ।

महाकाली– १ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गर्नुभयो । महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी हुनुभयो । सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगर प्रमुखमा काँग्रेसका हंशराज भट्टले ५८८ मत, नरसिंह चैंसिरले ५१४ तथा माओवादी केन्द्रका खड्कसिंह धामीले ५२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा काँग्रेसकी सुनिता बोहराले ५५८, एमालेकी दुर्गा धामीले ५१७ तथा माओवादी केन्द्रकी सुमित्रादेवी कुँवरले ७३ मत प्राप्त गरेका छन् । अहिले महकाली– २ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...