समाचार

विस्फोटमा घाइते उदयपुरका कांग्रेस उम्मेदवार कार्कीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुँदै

उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। गम्भीर घाइते कार्कीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीसँगै अर्की घाइते निरा कटुवाललाई हेलिकोप्टरबाट राजधानी ल्याइएको हो।