त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो,बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार



हाम्रो इकोनोमि

त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ।
विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ। तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ।

‘बच्चासहित बगिरहेका व्यक्तिहरूको हामीले डुंगाको सहायताले जिवितै उद्दार गरेका छौं, अहिलेसम्म उद्दार गरिएका २७ जनाको उपचार भइरहे्को छ’, एसपी श्रेष्ठले फोनमा भने, ‘अहिलेसम्म पाँच जना मात्र मृतकको शव फेला परेको छ, जसलाई हामी डुंगामा राखेर बाहिर निकाल्दै छौँ।’

कुरिनटारको सिद्धार्थ होटलनेर निकालिएपछि ती पाँच जना मृतकको शव नेपाल प्रहरीलाई जिम्मा लगाइने श्रेष्ठले बताए। त्रिशुलीमा डुबेको बसभित्र यात्रुहरू रहेको हुनसक्ने जनाउँदै उद्दारको प्रयास भइरहेको उनले बताए।

श्रेष्ठले कुरिनटारमा उपचार भइरहेका गम्भिर घाइतेलाई लिन हेलिकोप्टर आउन लागेको बताए।
घटनास्थलमा कुरिनटारबाट शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठ र चितवन जिल्ला प्रहरी कार्यालयबाट डिएसपी शिव आचार्यको नेतृत्वमा उद्दार टोली खटिएका छन्।
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नं को बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खसेको थियो।
यसअघि बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु र १५ घाइते भएको जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...