त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो,बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार



हाम्रो इकोनोमि

त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ।
विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ। तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ।

‘बच्चासहित बगिरहेका व्यक्तिहरूको हामीले डुंगाको सहायताले जिवितै उद्दार गरेका छौं, अहिलेसम्म उद्दार गरिएका २७ जनाको उपचार भइरहे्को छ’, एसपी श्रेष्ठले फोनमा भने, ‘अहिलेसम्म पाँच जना मात्र मृतकको शव फेला परेको छ, जसलाई हामी डुंगामा राखेर बाहिर निकाल्दै छौँ।’

कुरिनटारको सिद्धार्थ होटलनेर निकालिएपछि ती पाँच जना मृतकको शव नेपाल प्रहरीलाई जिम्मा लगाइने श्रेष्ठले बताए। त्रिशुलीमा डुबेको बसभित्र यात्रुहरू रहेको हुनसक्ने जनाउँदै उद्दारको प्रयास भइरहेको उनले बताए।

श्रेष्ठले कुरिनटारमा उपचार भइरहेका गम्भिर घाइतेलाई लिन हेलिकोप्टर आउन लागेको बताए।
घटनास्थलमा कुरिनटारबाट शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठ र चितवन जिल्ला प्रहरी कार्यालयबाट डिएसपी शिव आचार्यको नेतृत्वमा उद्दार टोली खटिएका छन्।
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नं को बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खसेको थियो।
यसअघि बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु र १५ घाइते भएको जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...