आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री



हाम्रो इकोनोमि

रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ ।

चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भन्नुभयो, ‘‘सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा हो, त्यसका लागि म प्रतिबद्ध छु ।’’

उहाँले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

नेता प्रधानले विसं २०७० को संविधानसभा निर्वाचनमा नेकपा९एमाले०का उम्मेदवार योगेश भट्टराईलाई परााजित गर्नुभएको थियो । यस पटक यर्हाँ वाम गठबन्धनका तर्फबाट भक्कु सुवेदी प्रतिस्पर्धामा हुनुहुन्छ छ । क्षेत्र नं ६ मा करिब ५८ हजार मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...