पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा



हाम्रो इकोनोमि

 

 

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो । सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो ।

उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो ।गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि उनी समातिएका थिए ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हिरासतमुक्त भइसकेका छन् । तर, उनको आगामी सोमबार शल्यक्रिया गर्नु पर्ने भएकोले त्यस दिनसम्म अस्पतालमै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...