प्रचण्ड चितवनमै थन्किए,ओली र देउवाले यसरी देशै घन्काए



हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा मंसिर २१ गते हुने मतदानका लागि दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

निर्वाचन नजिकिएसँगै सबैजसो दलका नेता तथा उम्मेदवारहरु ठूलठूला आमसभादेखि घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।

आगामी निर्वाचनमा मुख्य गरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने भएकाले यी गठबन्धनका शीर्ष नेताहरु आफ्नो निर्वाचन क्षेत्रमात्र नभई आफ्नो गठबन्धनका सबै उम्मेदवारका लागि भोट मागिदिन देश दौडाहमै निस्किएका छन् ।

मंसिर १० गते ३२ जिल्लामा मतदान भइसकेकाले शीर्ष नेताहरु २१ गते मतदान हुने ४५ जिल्लाको चुनावी दौडाहमा रहेका छन् । त्यतिमात्र नभई दलहरुले विभिन्न राष्ट्रिय मिडियाबाट चुनावी प्रचारप्रसारलाई तीब्र पारेका छन् ।

शेरबहादुर देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि चुनावीसभाहरुमा व्यस्त रहेका छन् । उनले एकै दिन ३ देखि ४ वटा जिल्लामा आयोजना हुने सभाहरुलाई सम्बोधन गर्ने कार्यतालिका बनाएर प्रचारप्रसारमा व्यस्त भएका छन् । देउवाले वामहरुले जिते लोकतन्त्र नै समाप्त पार्ने र अधिनायवाद स्थापित गर्ने भन्दै मतदातालाई लोकतान्त्रिक उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्दै आएका छन् ।

देउवाले बुधबार स्याङ्जा, गुल्मी र नवलपरासीमा नेपाली कांग्रेसले गर्ने चुनावीसभालाई सम्बोधन गर्दैछन् ।

केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवम् वाम गठबन्धनका नेता केपी शर्मा ओली पनि तीब्ररुपमा देश दौडाहमा छन् । मंगलबार राजधानीका दुई चुनावी सभालाई सम्बोधन गरेका ओलीले बुधबार गृह जिल्ला झापाकाे दमक लगायतका ठाउँमा हुने चुनावीसभाहरुलाई सम्बोधन गर्दैछन् ।

आफ्ना भाषणहरु कांग्रेसको विरोधमा केन्द्रित गरेका ओलीले अबको सरकार वाम गठबन्धनकै बन्ने भन्दै कांग्रेसलाई भोट दिएर नपछुताउन आग्रह गर्दै आएका छन् ।

प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् वाम गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित बनेका छन् । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रचण्ड अरु उम्मेदवारको प्रचारमा त्यति निस्किन सकेका छैनन् ।

आफ्नो निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएपछि आफ्नो जित सुनिश्चितताका लागि प्रचण्डलाई घरदैलो कार्यक्रम नै गर्नु पर्ने भएको छ ।

पुत्र प्रकाशको निधनअघि चितवन बाहिरका सभाहरुमा पनि सम्बोधन गर्न पुगेका प्रचण्ड त्यसपछि भने आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्किन सकेका छैनन् ।

बुधबार प्रचण्डले चितवनको क्षेत्र नम्बर ३ का मंगलपुर, शिवनगर र शुक्रनगरमा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...