प्रचण्ड चितवनमै थन्किए,ओली र देउवाले यसरी देशै घन्काए



प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा मंसिर २१ गते हुने मतदानका लागि दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

निर्वाचन नजिकिएसँगै सबैजसो दलका नेता तथा उम्मेदवारहरु ठूलठूला आमसभादेखि घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।

आगामी निर्वाचनमा मुख्य गरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने भएकाले यी गठबन्धनका शीर्ष नेताहरु आफ्नो निर्वाचन क्षेत्रमात्र नभई आफ्नो गठबन्धनका सबै उम्मेदवारका लागि भोट मागिदिन देश दौडाहमै निस्किएका छन् ।

मंसिर १० गते ३२ जिल्लामा मतदान भइसकेकाले शीर्ष नेताहरु २१ गते मतदान हुने ४५ जिल्लाको चुनावी दौडाहमा रहेका छन् । त्यतिमात्र नभई दलहरुले विभिन्न राष्ट्रिय मिडियाबाट चुनावी प्रचारप्रसारलाई तीब्र पारेका छन् ।

शेरबहादुर देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि चुनावीसभाहरुमा व्यस्त रहेका छन् । उनले एकै दिन ३ देखि ४ वटा जिल्लामा आयोजना हुने सभाहरुलाई सम्बोधन गर्ने कार्यतालिका बनाएर प्रचारप्रसारमा व्यस्त भएका छन् । देउवाले वामहरुले जिते लोकतन्त्र नै समाप्त पार्ने र अधिनायवाद स्थापित गर्ने भन्दै मतदातालाई लोकतान्त्रिक उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्दै आएका छन् ।

देउवाले बुधबार स्याङ्जा, गुल्मी र नवलपरासीमा नेपाली कांग्रेसले गर्ने चुनावीसभालाई सम्बोधन गर्दैछन् ।

केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवम् वाम गठबन्धनका नेता केपी शर्मा ओली पनि तीब्ररुपमा देश दौडाहमा छन् । मंगलबार राजधानीका दुई चुनावी सभालाई सम्बोधन गरेका ओलीले बुधबार गृह जिल्ला झापाकाे दमक लगायतका ठाउँमा हुने चुनावीसभाहरुलाई सम्बोधन गर्दैछन् ।

आफ्ना भाषणहरु कांग्रेसको विरोधमा केन्द्रित गरेका ओलीले अबको सरकार वाम गठबन्धनकै बन्ने भन्दै कांग्रेसलाई भोट दिएर नपछुताउन आग्रह गर्दै आएका छन् ।

प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् वाम गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित बनेका छन् । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रचण्ड अरु उम्मेदवारको प्रचारमा त्यति निस्किन सकेका छैनन् ।

आफ्नो निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएपछि आफ्नो जित सुनिश्चितताका लागि प्रचण्डलाई घरदैलो कार्यक्रम नै गर्नु पर्ने भएको छ ।

पुत्र प्रकाशको निधनअघि चितवन बाहिरका सभाहरुमा पनि सम्बोधन गर्न पुगेका प्रचण्ड त्यसपछि भने आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्किन सकेका छैनन् ।

बुधबार प्रचण्डले चितवनको क्षेत्र नम्बर ३ का मंगलपुर, शिवनगर र शुक्रनगरमा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो