विस्फोटमा घाइते उदयपुरका कांग्रेस उम्मेदवार कार्कीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुँदै



हाम्रो इकोनोमि

उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

गम्भीर घाइते कार्कीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीसँगै अर्की घाइते निरा कटुवाललाई हेलिकोप्टरबाट राजधानी ल्याइएको हो।

कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ।

उदयपुर क्षेत्र नम्बर २ का उम्मेदवार कार्की चुनावी कार्यक्रममा जाँदा उनी चढेको गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। घटनामा कार्कीसहित चार जना घाइते भएका थिए।

विस्फोटमा परी चालक राजन कार्की, धनमाया धौलाकोटी पनि घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...