विस्फोटमा घाइते उदयपुरका कांग्रेस उम्मेदवार कार्कीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुँदै



हाम्रो इकोनोमि

उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

गम्भीर घाइते कार्कीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीसँगै अर्की घाइते निरा कटुवाललाई हेलिकोप्टरबाट राजधानी ल्याइएको हो।

कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ।

उदयपुर क्षेत्र नम्बर २ का उम्मेदवार कार्की चुनावी कार्यक्रममा जाँदा उनी चढेको गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। घटनामा कार्कीसहित चार जना घाइते भएका थिए।

विस्फोटमा परी चालक राजन कार्की, धनमाया धौलाकोटी पनि घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...