समाचार

एच आइ भी संक्रमित बालबालिका समस्यामा

बैतडीमा एच आइ भी संक्रमित बालबालिकाहरु समस्यामा परेका छन् । एच आई भी संक्रमित बालबालिकाहरुको शिक्षा,स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेको एच आइ भी को क्षेत्रमा काम गरिरहेको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिनुभयो ।